gulminews logo
शुक्रबार, २०८० चैत्र १६

धुर्कोटले गाउँपालिकाले बनाउने भयो आफ्नै स्वास्थ्य ब्यवस्थापन ऐन

प्रेम सुनार
गुल्मी, असोज २७ । गुल्मीको धुर्कोट गाउँपालिकामा स्थानिय सरकारले स्वास्थ्य संस्थाहरुको प्रभावकारी सञ्चालनका लागि मातहतका स्वास्थ्य संस्था व्यवस्थापन ऐन बनाउने भएको छ । हिजो वसेको गाउँ कार्य समितिको बैठकले यस्तो निर्णय निर्णय गरेको त्यस कार्य समितिकी प्रवत्ता कविता बिकले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीको संयोजकत्वमा बन्ने ऐनमा कार्यकारी अधिकृत र स्वास्थ्य संस्थाका प्रतिनिधी सदस्य रहने गरी निर्णय भएको प्रवत्ता बिकले बताउनुभएको छ ।

त्यस्तै सोही बैठकले धुर्कोट गाउँपालिका भित्र खरका छान विस्थापन गर्ने यस अघिको निर्णयलाई कार्यन्वयन गर्न कार्यविधि समेत पारित गरेको छ । खरका छानाको लगत संकलन गरी अव छिट्टै टिनका छाना निमार्ण कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनु भयो । पोखरेलका अनुसार अव देखि कुनै पनि धुर्कोटवासी सुकुम्वारी हुन पर्ने छैन् ।

त्यसका लागि हरेक वडा भित्र सुकुम्वासीहरुको लगत संकलन गरी १५ दिन भित्र गाउँपालिकामा पठाउन गाउँपालिका अध्यक्ष पोखरेलले सवै वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् । बैठकले पिपलधाराको खड्क क्षत्र मन्दिर निर्माणका लागि त्यहाँ रहेको जिर्ण स्वास्थ्य र समाग्री लिलाम विक्रि गर्न र अन्य स्थानका त्यस्ता संरचना र सामग्री भए खोजी गर िलिलाम विक्रि गर्न समेत निर्णय गरेको छ ।

बैठकले धुर्कोट गाउँपालिका भित्र लघु उद्यम तथा व्यवसायिक सिप विकासका लागि उद्यम विकास समिति समेत गठन गर्ने भएको छ । त्यसका लागि कोष स्थापन समेत गरिने भएकोछ । धुर्कोट गाउँपालिकाले तत्कालै प्रत्येक वडाबाट दुई जनाका दरले १४ जना वेरोजगार युवा युवतीलाई प्रत्यक्ष रोजकारी दिनका लागि विभिन्न सिप विकास तालिममा पठाउन लागेको गाउँपालिका अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

सरसफाई नगरे कार्वाही
यसै विच गुल्मीको ्धुर्कोट गाउँ कार्यपाालिकाले आ–आफ्नो घर, पसल, कार्यालय, संघ संस्था सरसफाई नगर्नेलाई कार्वाही गर्ने भएको छ । हिजो वसेको गाउँ कार्यपालिकाको छैठौं बैठकले यस्तो निर्णय गरेको त्यस पालिकाकी प्रवत्ता कविता बिकले जानकारी दिनुभयो ।

प्रवत्ता बिकका अनुसार सो गाउँपालिकाले ७ बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ । सो अनुसार विशेष गरी संघ संस्था र वजार व्यवसायीहरुले पालना नगरे कार्वाही गर्ने भएको छ । उक्त प्रतिबद्धता पत्रमा पहिलो पक्ष वडा कार्यलय र दोश्रो पक्ष सम्वन्धीत व्यवसायी वा संघ संस्थाले हस्ताक्षर गर्ने छन् ।

हरेकले शौचालयको प्रयोग गर्ने , सावुनले हात धुने , घर वरीपरी नियमित सरसफाई गर्ने , व्यक्तिगत सरसफाई गर्ने , पिउने पानीको सुरक्षित भण्डार एवं शुद्धिकरण गर्ने, संघ संस्था आदिले सरसफाई हामीले होईन मैले नै गर्छु भन्ने मानसिकता लिएर सरसफाई व्यवस्थापनमा जुट्ने उक्त प्रतिबद्धतामा उल्लेख छ ।

अव छिटै गाउँपालिकाले टोल टोलमा फोहर मलाई राख्ने र धुर्कोटलाई स्वच्छ र हराभरा बनाउने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनु भएको छ । स्थानिय तहको निर्वाचन पछि त्यहाँका सवै जनप्रतिनिधीहरु ध्धुर्कोटलाई नमुना बनाउन कम्मर कसेर लागेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D