gulminews logo
बिहीबार, २०८१ बैशाख १३

धुर्कोटमा विद्यार्थीहरुको लागि योग शिक्षा संचालन

हुमाकान्त पोखरेल
गुल्मी, २४ जेठ । धुर्कोट गाउँपालिकामा विद्यार्थीहरुका लागि योग शिक्षा संचालन गरिएको छ । जेठ २२ गतेदेखि सुरु गरिएको योग शिक्षा जेठ २५ गते अर्थात चार दिनसम्म संचालन हुनेछ ।

गाउँपालिका भित्रका चार माध्यमिक विद्यालयका ६-६ जनाका दरले कुल २४ विद्यार्थीले योग शिक्षामा सहभागिता जनाएका छन् । जसमा पाञ्चायन माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय, भगभती माध्यमिक विद्यालय र वाग्ला माध्यमिक विद्यालयका विद्यार्थी रहेको धुर्कोट गाउँपालिका आयुर्वेद शाखा संयोजक प्रदिप बैठाले जानकारी दिए ।

योग शिक्षा अन्तरगत आयुर्वेद जडिबुटी, जिवनशैली, दिनचर्या र रात्रीचर्याको बारेमा विद्यार्थीहरुले ज्ञान दिइनेछ । जसमा बिहानमा प्रयोगात्मक र दिउसोमा सैद्धान्तिक बिषयवस्तुहरु सिकाईने प्रशिक्षक गुल्मी आयुर्वेदका वरिष्ठ कविराज निरिक्षक नविन अर्यालले बताए । योग शिक्षाले विद्यार्थीहरुको शारीरिक तथा मानसिक पक्षको विकास गर्नुको साथै स्मरण शक्ति पनि बढाउने प्रशिक्षक अर्यालले जानकारी दिए ।

गाउँपालिका प्रमुख भुपाल पोखरेलले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अनुशासनमा राखी शैक्षिक गुणस्तर बृद्धि गर्न योग शिक्षा संचालन गरिएको बताए । त्यसका साथै उनले आगामी बर्षहरुमा प्रत्येक विद्यालयमा एकजना योगा शिक्षकको व्यवस्था गरी योग शिक्षा संचालन गर्ने पनि जानकारी दिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D