gulminews logo
बिहीबार, २०८० चैत्र १५

पर्वमा जोहोको चिन्ता, गर्भवति र सुत्केरी समेत ढुङ्गाखानीमा

टोपलाल अर्याल
गुल्मी, ९ असोज । ढुङ्गाखानीको छेउमा, बाँसको किलामा पछौराको झलुङ्गो, त्यहि झलुङ्गोमा आरती विकले बर्षीको छोरो बनाइन् । सुत्केरी भएको नौ महिनाबाटै आरती ढुङ्गाखानी आउँथिन् । तम्घासको आर्दशचोकमा बस्दै आएकी विक विहान ९ बजेदेखि साँझ अवेरसम्म ढुङ्गाखानीमै भेटिन्छन् । ‘घरमा बुढा सासु ससुरा श्रीमान पनि मजदुरीनै गर्छन’ उनले भनिन, ‘बाध्यताले संगै ल्याएर महिनौ बिताएँ ।’ उनले दिनभर छोरालाई कोखमा राखेरै गिट्टी कुट्दै आएकी छन् ।

रेसुङ्गा नगरपालिका ७ को बाउले खोलामा गिट्टी कुट्दै गरेका महिला ।

एक दिनमा छोराले काम गर्न दिए पाँचदेखि सात बोरा गिट्टी कुट्ने विकको भनाई छ । रेसुङ्गा नगरपालिका ७ को बाउले खोला । त्यतिकै पनि डर लाग्ने छ । त्यहि खोलामा आरतीले बच्चा हुर्काउँदै आएकी छन् । उनले बिहान साँझको चिसो, दिउँसोको घाम र धुलोले पटक–पटक बच्चा बिरामी परे रहर नभएको गुनासो पोखिन । आरतीले बाह्रै महिना ढुङ्गाखानीमै बिताउनेहरुको तीज दशै र तिहारले केहि फरक नपार्ने बताइन् ।

शोककोभन्दा भोकको चिन्ता

सोहि ढुङ्गाखानीमा २८ बर्षीय कमला विकले काम गर्न थालेका थुप्रै भए । अहिले गर्भवति छन् । मिठो–मसिनो परैको कुरा । घाम झुल्केदेखि आराम छैन । ढुङ्गासंग पैठेजोरी नखेले अगेनो बल्दैन् । पहिलेका तीन सन्तान तीनदेखि सात महिनामा खेर गएको कमलाले बताइन् । ‘काम नगरे हातमुख कसरी जोर्ने, बाध्यताले जोखिम मोलेकी छु,’कमलाले भनिन,‘पहिले तीन सन्तान गुमाएँ, अहिले पनि डर लागेको छ ।’ उनका श्रीमान रामु विकले पनि सदरमुकाममै मजदुरी गर्छन् । अहिले तिहारले गाउँ र शहर झलमल्ल भएका छन् । तर गिट्टी कुटेर छाक टार्ने बिपन्न परिवारलाई भने जोहोकै पिरलो रहेको छ ।

गाउँमा रोटी बसाउँदा आँखा रसाउँछन्

पशुपति परियार ५५ बर्षकी भइन् । २५ बर्ष भए ढुङ्गाको काम गर्न थालेका । उनी सदरमुकाम पेरिफेरीका ओढार र सडक छेउमा भेटिन्छन् । ढुङ्गा कुटेरै पशुपतिले दुई छोरा हुर्काइन् । उनीहरु अहिले बिहे गररे आफ्नै बाटो गरेका छन् । भने पशुपनि श्रीमानसंगै बागमारे बस्दै आएकी छन् । श्रीमान प्यारालाइसको बिरामी हुन् । नौ बर्षदेखि काम गर्न नसक्ने भएपति त्यो बोझको भारी पनि पशुपतिकै थाप्लोमा छ । ‘गरिव ढुङ्गाखानीबाट उक्लिएनन, राज्य केहि गरेन,’उनले भनिन,‘ भोट दिने चोट पाउने मात्रै भो ।’

पशुपतिलाई पनि तिहारले छोएको छैन् । उनले गाउँमा तिहार आएर रोटी बसाउँदा आफ्नो आखाँ रसाउने बताइन् । हात नचले मुख नचल्ने भएकाले आफुहरुलाई चाडपर्वको त्यति मतलब नहुने पशुपतिले बताइन् । उनले एक सातामा एक ट्याक्टर गिट्टी पु¥याउँछिन् । त्यसको मुल्य चार हजार पर्छ । उनीहरुले समुहमा कुटेका गिट्टी निर्माण व्यावसायीले खरिद गर्ने गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D