gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पूर्व मुख्य सचिव पौडेल गृह जिल्लामा धान रोप्न व्यस्त

अनिल खत्री
११ असार, गुल्मी । पूर्व मुख्य सचिव तथा चिनका लागि नेपाली पूर्व राजदुत लिलामणी पौडेल कृषिमा रमाएका छन् । पौडेल यतिबेला आफ्लै गृह जिल्ला गुल्मीमा छन् ।

पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर–५ को बम्घामा पर्दछ । यतिबेला असार महिना कृषकका लागि मानो रोपेर मुरी फलाउने बेला पनि हो ।

त्यसैले पनि कृषहरु यतिबेला खेत बारिमा व्यस्त हुन्छन् । यस्तै कृषि कर्ममा रमाउदै पूर्व मुख्य सचिव तथा चिनका लागि नेपाली पूर्व राजदुत लिलामणी पौडेल पनि मानो रोपेर मुरी फलाउने कृषि कर्ममा व्यस्त छन् ।

पौडेलले आफनै खेत घीउबेसीमा पुगेर धान रोपाइँमा काम गर्न व्यस्त छन् । पौडेलले आफनै खेत घीउबेसीमा पुगेर सामाजिक संजालमा खेत रोप्दै गरेको फोटो पोष्ट गर्दै ‘ग्रउण्ड जिरो घीउबेसी,गुल्मी १० मिनटको कुल कार्य सम्पादन रोपाइँको प्रयोगात्मक परीक्षामा म आफनो क्षमता र कार्यकुसलता’ भन्दै लेखेका थिए ।

देशकै उच्च पदमा रहेर काम गरेका पौडेलले कृषि कर्मलाई उच्च प्रथामिकता दिँदै जागिरे अबधीमा गृह जिल्ला आएको बेला पनि काम गर्ने गरेको बताए । उच्च पदमा रहेर पनि कृषि क्षेत्रमा काम गर्दै गरेको देखियो नि ? भन्ने प्रश्नमा पौडेलले आफुले जागिरे अबधीमा पनि घरमा आएको बेला कृषि क्षेत्रसँग नजिक रहेर काम गरेको बताए ।

अहिले पनि पौडेल गृह जिल्ला गुल्मी आएको ५ हप्ता भन्दा धेरै भइसकेको छ । यो अबधीमा कृषि कर्मका कामहरु धेरै गर्दै आएको बताए ।

उनले आफनो दैनिकी कृषि क्षेत्रमै व्यत्तित गरेको बताए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै झण्डै लकडाउन अबधीमा पौडेलले बिभिन्न स्थानका क्वारेन्टीनमा पुगेर अनुगमन र मनोसामाजिकम परामर्स पनि दिने गरेका थिए ।

उनले रुरु क्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाका १४ वटा क्वारेन्टीनमा पुगेर मनोसामाजिकम परामर्स अन्र्तगत डर त्रास, चिन्ता, तनावको अत्य कसरी गर्ने लगायत महत्वपूर्ण विषयमा परामर्श पनि दिएका थिए । उनले क्वारेन्टीनमा रहेको बेला मनमा उत्पन्न हुने सबैखाले नकरात्मक क्रियाकलापले मानिसमा आत्मवल कम्जोर हुने समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले त्यसको अत्यका लागि पनि मनोसामाजिकम परामर्स दिइएको पौडेलले बताए ।

गृह जिल्लाको ५ हप्ता अबधी तरकारी, अगरुड, लगायत बहुमुल्य खालका बिरुवा रोपण, कृषि सम्बन्धी बिभिन्न कामहरु गरेर समय बेतीत गरेका बताए । सरकारी सेवा पछिको अबकास प्राप्त जीवनमा रहेका पौडेलले सामाजिक कामसँगै कृषि क्षेत्रमा पनि रुची रहेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D