gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

धुर्कोटमा नि:शुल्क स्वास्थ्य शिविर, १ सय २३ जनाले लिए सेवा

हुमाकान्त पोखरेल
२५ फागुन, गुल्मी । धुर्कोट गाउपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा एक सय २३ जनाले स्वास्थ्य परक्षण गराएका छन् ।

स्वास्थ्य शिविरमा मुटु र मधुमेह रोगको परिक्षण गरिएको थियो । जसमा ७७ जनाको मुटुको भल्भ परक्षण गरिएको छ भने ९३ जनाको रगत परिक्षण गरिएको धुर्कोट रजस्थल स्थास्थ्य केन्द्रका प्रमुख सुरज पोखरेलले जानकारी दिए । रेसुङ्गा हस्पिटलमा कार्यरत विशेषज्ञ डाक्टर प्रकाश पुन र बिक्रम बस्नेतले स्वास्थ्य परक्षण गरेका थिए ।

धुर्कोट रजस्थल, जैसिथोक, वस्तु, नयाँगाउ, वाग्ला लगायतका क्षेत्रका स्थानियले स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य परिक्षण गराएकाहरुलाई एक महिनासम्म निशुल्क औषधी पनि प्रदान गरिएको अस्पतालका प्रमुख पोखरेलले बताए । शिविर धुर्कोट गाउँपालिकाको आयोजना, रेसुङ्गा हस्पिटलको प्राविधिक सहयोग तथा नेशनल हेल्थ केयर काठमाडौको विशेष सहयोमा सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका प्रमुख भुपाल पोखरेलको प्रमुख आतिथ्यता र उपप्रमुख शिव केसीको विशेष आतिथ्यता तथा वडाध्यक्ष कृष्ण नेपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D