gulminews logo
बिहीबार, २०८१ बैशाख १३

धुर्कोटको “मित्ज्यु” अब बाग्लुङको ताराखोला र तनहुँको बन्दिपुर गाउँपालिका, स्थानीय तहहरुबीच नयाँ अभ्यास

हुमाकान्त पोखरेल
गुल्मी, २८ कात्तिक । पर्यटन प्रवद्र्धन गर्न स्थानीय तहले नयाँ अभ्यास सुरु गरेका छन् । गण्डकी र ५ नम्बर प्रदेशका तीन स्थानीय तहले भगिनी अर्थात ‘मितेरी’ सम्बन्ध स्थापना गरी नयाँ अभ्यास सुरु गरेका हुन् । गण्डकी प्रदेशअन्तरगत बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका तथा ५ नम्बर प्रदेशअन्तरगत गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले भगिनी सम्बन्ध स्थापना गरेका हुन् ।

ताराखोला गाउँपालिकामा भएको कार्यक्रममा तीनओटै स्थानीय तहका प्रमुखहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरे । आन्तरिक पर्यटनमा बृद्धि गरी जनताको आर्थिक जिवनस्तरमा सुधार ल्याउने उदेश्यले तीन गाउँपालिकाको बीचमा भगिनी सम्बन्ध स्थापना गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले जानकारी दिए । त्यसका साथै भगिनी सम्बन्धबाट धुर्कोट, ताराखोला र बन्दीपुर गाउँपालिकाको बीचमा कृषि, पूर्वाधार, साँस्कृतिक सम्पदा, प्रविधि, सीप र आर्थिक पक्षहरुमा सहयोग आदान–प्रदान हुने अध्यक्ष घर्तीमगरले जानकारी दिए ।

उल्लेखित उदेश्य हाँसिल गर्न एक स्थानीय तहले अर्को स्थानीय तहको प्रमुख पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्नेछन् । त्यस्तै एक गाउँपालिकाले अर्को गाउँपालिकामा उत्पादित मौलिक कृषि उपजहरुलाई एक–आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशु पालनमा अपनाइएका नयाँ प्रविधि, ज्ञान तथा सिपको आदान–प्रदान गर्ने, तीनओटै गाउँपालिकाका मुख्य प्रचलित साँस्कृतिक कार्यक्रमहरुको प्रवद्र्धन गर्न साँस्कृतिक आदान–प्रदान कार्यक्रम संचालन गरिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । त्यसका साथै उनले गाउँपालिकाबीच नेपालमै पहिलो पटक आफुहरुले भगिनी सम्बन्ध स्थापना गरेको दाबी गरे । ‘नेपाल भ्रमण बर्ष २०२०’ तथा धुर्कोट गाउँपालिकाले मनाउदैँ गरेको ‘धुर्कोट भ्रमण बर्ष २०७८’ लाई यस सम्बन्धले सहयोग गर्ने उनले बताए ।

आपसी साझेदारी र अनुभव साटासाट

भगिनी सम्बन्धबाट विषेशगरी गाउँपालिकाबीच आपसी साझेदारीमा काम गरिने छ । एक गाउँपालिकाले अर्को गाउँपालिकाको पर्यटकिय स्थल, स्मारक अथवा मन्दिर निर्माण गरिदिने सम्झौता भएको छ । ताराखोला गाउँपालिकाले धुर्कोट र बन्दीपुर गाउँपालिकाको मुख्य पर्यकिय स्थलमा लगानी गर्नेगरी बजेट विनियोजन गर्ने, धुर्कोट गाउँपालिकाले ताराखोला र बन्दीपुर गाउँपालिकाको मुख्य पर्यटकिय स्थलमा लगानी गर्ने सम्झौता गरिएको छ ।

त्यस्तै बन्दिपुर गाउँपालिकाले धुर्कोट र ताराखोला गाउँपालिकाका पर्यटकिय स्थलमा लगानी गर्नेगरी सम्झौता गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिहं थापाले जानकारी दिए । त्यसका साथै यस सम्बन्धबाट स्थानीय तहमा काम गर्दाका अनुवभ साटासाट हुने, एक गाउँपालिकाले गरेको विकासको नमुना अर्को स्थानीय तहमा लागु गर्ने लगायतका सम्झौता गरिएको छ । कृषि र पशुपालनको क्षेत्रमा कृषकहरुलाई तालिम र भ्रमण लगायतमा सहयोग आदान–प्रदान गर्ने र तीनओटै गाउँपालिकाले गाउँपालिकामा उद्यमशीलता विकास गरी आय–आर्जन बृद्धि गर्ने पनि सम्झौता गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्षं थापाले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D