gulminews logo
बिहीबार, २०८१ बैशाख ६

धुर्कोटका जनप्रतिनिधिको १०० दिन: के भए उपलब्धी ?

हुमाकान्त पोखरेल
गुल्मी, २ कार्तिक । धुर्कोट गाउँपालिकाकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको १०० दिन पुरा भएको छ । १०० दिनको अवसरमा गाउँपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरी गाउँपालिकाले गरेका कामहरुको बारेमा जानकारी गराएको थियो ।

गाउँपालिकाले खरको छानो विस्थापनका लागि तथ्याङ्क संकलनको कार्य सम्पन्न भई तथ्याङ्क प्रशोधन भईरहेको र कार्य प्रारम्भका लागि कार्य्बिधि बनिसकेको साथै गाँउपालिका भरि खानेपानीको अवस्थाको अध्ययन कार्य सम्पन्न भईसकेको , भदौ २ गते सम्पन्न भएको गाउँसभाबाट पारित नीति तथा कार्यक्रमबारे पनि जानकारी गराइएको थियो ।

सार्वजनिक सेवा
सार्वजनिक सेवा प्रवाहमा विद्युतिय प्रविधी को अवलम्बन गरि द्रुत सेवा र प्रभावकारि अभिलेख व्यवस्थापनमा जोड दिइएको, गाँउपालिकाका सबै वडाहरुलाई ईन्टरनेट सञ्जालमा जोडिएको, रिर्पोटिङको काम अनलाइन मार्फत सुरू गरिएको, सेवामैत्री संरचना तथा सेवाग्राहिमैत्री व्यवहारमार्फत गुणस्तरीय सेवाप्रवाहलाई मूल मन्त्रका रुपमा अवलम्बन गरिएको, सम्पूर्ण कार्यहरु अनलाइन प्रणाली मार्फत सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको जानकारी गराएको हो ।

त्यसैगरि रोजगारिमूलक कार्यक्रमका रुपमा कम्प्यूटर, सिलाई कटाई, हस्तकला, कुकिङ्ग, मोबाईल मर्मत तथा कम्प्यूटर मर्मत, मोटरसाईकल मर्मत, सिकर्मीरडकर्मी लगायत सीपमूलक तालिम सञ्चालन गर्नका लागि सुचना जारि गरिएको र सिप प्राप्त व्यत्तिलाइ रोजगारीको ग्यारेण्टी गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाभित्र संचारको काम गरिरहेका कटुवालहरुलाई तलबको ब्यवस्था गरिएको,विद्युतिकरणको समस्यालाई समाधान गर्नको लागि मन्त्रालयमा डेलिगेशन गई ठेकेदारवाट भएको ढिला सास्तिलाई अन्त्य गरी यथासिघ्र काम सम्पन्न गर्न अनुरोध गरीएको त्यसै वमोजिम पिपलधारको उदिना र जुम्लादी क्षेत्रमा वत्ती वाल्ने काम सम्पन्न भएको जानकारी गराएको हो ।

साथै हाडहाडे, वाग्ला, जैसिथोक र पिपलधाराका अन्य क्षेत्रहरुमा पोल ,तार र टान्सफर्मर फिल्डमा आईसकेको र जति सक्यो छिटो ति क्षेत्रहरुमा वत्ति बल्न लागेको, गाउँपालिकाको वडा नं। १, २ र ३ अन्य वडाहरु भन्दा भौगोलिक हिसावले खोला पारी रहेको र उक्त बडाहरु गाउँपालिकाको कार्यालयमा सहज पह’चको लागी पक्की प’ल नभएकोले नादीमा पक्की प’लको ठेक्का भएको र यथासीघ्र काम सञ्चालनको लागी सम्वन्धित निकायमा अन’रोध गरेकोमा तिहार लगत्तै काम शुरु हुने गाउँपालिकाले जनाएको छ ।

पश्चिम नेपाल बस व्यवसायी संग समन्वय गरी ब’टवल तम्घास वर्वोट हुँदै प’र्कोट सम्म नियमित वस सेवा सञ्चालन असोज ३१ गते देखि श’रु भएको, बर्वोट पिपलधारा खनदह सन्धिखर्क ह’दै कृष्ण नगर सम्म वस सेवा सञ्चालनको लागी सडक चौडाई गर्ने कार्य भईरहेको, विभिन्न योजनाहरुमा विनियोजित रकम कार्यान्वयनको लागी दर्जन भन्दा वढी योजनाहरुकोे संझौता भईसकेको र योजना कार्यान्वयनका लागी ६ प्रतिशत भन्दा वढी योजना उपभोक्ता समिति गठन भईसकेको जानकारी गराएको हो ।

गाउँशभावाट पारीत हरेक योजनाका समितिहरुमा महिलाहरुकोे ४५ प्रतिशत सहभागिता कार्यान्वयन भईरहेको छ । यस गाउँपालिका र वडा कार्यलयहरुबाट प्रवाह ह’ने सार्वजनिक सेवालाई छिटो, छरितो, च’स्त एवं दुरुस्त बनाइएको जानकारी गराएको छ ।

शिक्षा
गाउँपालिका भित्र रहेका सम्प’र्ण बिद्यालयका प्रध्यानाध्यापकहरुको बैठक गरी शैक्षिक गुणस्तर स’धारको निमित्त स्थानीय पाठ्यक्रम निर्माणका लागि समिति गठन गरिएको, बताइएको छ ।

गाउँपालिका भित्र रहेका स्थानीय सडकहरु सफा गरी सवारी आवागमनलाई सहज बनाईएको छ, गाउँपालिकाको केन्द्रमा खानेपानी को व्यवस्थाको लागि एक घर एक धारा बमोजिम सर्बेक्षण गर्ने काम सम्पन्न गरिएको र सो को निर्माण कार्य तत्कालै सुरु गर्ने, बर्बोट माथि रहेको कुमारी देबी मन्दिर क्षेत्रलाई उद्यान क्षेत्रको रुपमा विकास गर्न, ऐतिहासिक धुर्कोट कोट क्षेत्रको संरक्षणका लागि घरीथ’म खेलमैदान निर्माण गर्न, कालापोखरा खेलमैदान निर्माणको लागि विस्तृत अध्ययन डिजाइन सम्पन्न भएको छ ।

पत्रकार भेटघाट कार्यक्रम गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता, पूर्वसांसद रुद्रमणी शर्मा भण्डारीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष शिव खत्रीको संचालनमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकास्थित विधिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विधिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपििस्थति रहेको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D