Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डाँडा कटाउनुपर्छ : कांग्रेस नेता भण्डारी - Gulminews

देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डाँडा कटाउनुपर्छ : कांग्रेस नेता भण्डारी

बुटवल, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डाँडा कटाउनु पर्ने बताएका छन् । भारतले नेपालको सीमा मिच्दा समेत बोल्न नसक्ने सरकारको खोक्रो राष्ट्रवाद उदाङ्गो भएको उनको भनाइ छ ।

देशभक्ति देखाएर दुई तिहाईको बहुमत ल्याउन सक्ने कम्युनिष्टले अहिले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले सीमा मिचेर आफ्नो सेना राख्दा समेत एक शब्द बोल्न नसकेको ओली सरकारले देशको रक्षा गर्न नसक्ने भण्डारीले आरोप लगाए ।

नेपाल राष्ट्रिय मगर संघ र नेपाल आदिबासी जनजाती संघले रुपन्देहीको मुर्गियामा गरेको बिरोध प्रर्दशनपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दे उनले भने, ‘देश गुमाउँदा समेत सरकार एक शब्द बोल्दैन उनले प्रश्न गर्दै भने हामीसँग सेना छ प्रहरी छ , खोइ त सिमाको रक्षा भएको ?’

नेताको घरमा पर्खाल उठाएर बन्दुक ताकेर सुरक्षा दिन मात्रै सेना प्रहरी राखेको हो ? कांग्रेस नेता भण्डारीले आक्रोश पाखे । नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले सरकारले नेपाली सेनालाई लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमानामा भारतले आफ्नो नक्सा नसच्चाउँदा र नेपाली भूमिबाट सेना फिर्ता नगर्दासम्म आफूहरुको बिरोध प्रर्दशन जारी रहने बताए । उनले सरकारले सीमा समस्या सामाधानको लागि छिटो पहल गर्न आग्रह समेत गरेको अन्लाईन खबर डट कमले खबर छापेको छ ।

कांग्रेस नेता रामहरि खतिवडाले सीमाको समस्या कुटनीतिक पहलबाट हुनुपर्ने सबै राजनीतिक दलले भनिरहँदा समेत सरकारले कुनै कदम चाल्न नसक्नु दु:खद् भएको बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D