gulminews logo
बिहीबार, २०८० चैत्र १५

देउराली निमावि इस्मामा शैक्षिक सामग्री तथा पोशाक वितरण

टोपलाल अर्याल
गुल्मी, १७ माघ । देउराली निमावि इस्मा गाउँपालिका ४ खग्रेटामा शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ ।

बिद्यालयको बालशिक्षामा अध्ययनरत २० जना बिद्यार्थीलाई सुइटर तथा कक्षा १ का १२ जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो । स्वर्गीय एसपी रविचन्द्र बस्नेतको ६७ बर्ष पुगेको अवसरमा ज्वाई धनिश्वर गौतम र छोरी संगिता बस्नेत गौतमले पोशाक तथा शैक्षिक सामग्री वितरण गर्नुभएको हो । धनिश्वर गौतम रुपन्देहिको नहरपुर माविको प्रचार्य र संगिता बस्नेत गौतम सरस्वती निमाविमा कार्यरत हुनुहुन्छ ।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष डम्बर बहादुर बस्नेतको अध्यक्षता रहेको कार्यक्रममा स्रोत व्यक्ति लाल बहादुर कुवंरको प्रमुख आतिथ्यता रहेको थियो । साथै वडा अध्यक्ष गनुप्रसाद अधिकारी, बिद्यालय पुर्व अध्यक्षहरु तथा सदस्यहरु, शिक्षक अभिभावकसंघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रध्यानाध्यापक नरेन्द्र रिजालले बिद्यालयको गतिविधी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम शिक्षक दाम बहादुर बस्नेतको स्वागत तथा शिक्षक ताराचन्द्र बिष्टको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D