gulminews logo
आईतवार, २०८१ बैशाख १६

दुई तिहाईले दुख दियो: अध्यक्ष श्रेष्ठ

टोपलाल अर्याल
गुल्मी, ७ मंसिर । गुल्मी चेम्बर अफ कमर्सको प्रथम जिल्ला अधिवेशन चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले बर्तमान दुई तिहाईको सरकारले ब्यवसायीहरुलाई दु:ख दिएको बताएका छन् । गुल्मी चेम्बर अफ कमर्सको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

श्रेष्ठले हरेक नेपालीले अझै नागरिकता त लिन नसकेको अवस्थामा पानबाट व्यापार गर्न लगाएर अंकुश लगाएको आरोप लगाए । श्रेष्ठले पान, कर र भन्सारबाट ब्याबसायी मारमा परेको बताउँदै कर तिर्ने र लिने दुवैलाई खुशी गराउन अहिलेको सरकारले नसकेको समेत बताए ।

गुल्मीको चेम्बरमा न्यौपाने

गुल्मी चेम्बर अफ कमर्सको अध्यक्ष पदमा युवराज न्यौपाने निर्वाचित भएका छन् । गुल्मी चेम्बर अफ कमर्सको प्रथम जिल्ला अधिवेशनबाट न्यौपाने निर्बिरोध निर्वाचित भएका हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा बिरेन्द्र भुसाल तथा उपाध्यक्षमा रेमलाल पाण्डेय शुसिला पुन निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा कृष्ण प्रसाद भण्डारी तथा सचिवमा राम प्रसाद पन्थी, हरिलाल न्यौपाने, खडग प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहोरा, सह–कोषाध्यक्षमा रामु सुनार निर्वाचित भएको निर्वाचन अधिकृत गोपाल प्रसाद खनालले बताए । अभिवेशनमा साढे दुई सय प्रतिनिधी रहेका थिए । माघमा दर्ता भएर तदर्थ समिति मार्फत गुल्मी चेम्बर अफ कमर्सले चैतमा महोत्सव तथा व्यावसायीहरुको कर संकलन र प्रशिक्षण लगायतका कार्यक्रम गरेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D