gulminews logo
शुक्रबार, २०८० चैत्र १६

दसैंमा फर्केका युवायुवतीले ल्याए गुल्मीका गाउँ गाउँमा रौनक

गुल्मी, असौज १४ । लामो समयदेखि युवाविहीन गाउँ दसैंसँगै भरिभराउ हुन थालेका छन् । धेरै समयदेखि बिदेश र शहरका रैथाने भएका युवायुवती गाउँ प्रवेशसँगै गाउँको रौनकता बढेको छ । दसैं र युवाको आगमनले गाउँमा छुट्टै चहलपहल छ । गाउँको चहलपहलसँगै शहर बजार भने सुनसान बनेका छन् ।

‘दुई वर्षपछि गाउँमा आइयो,’ शान्तिपुरका प्रकाश थापाले भने, ‘हिजोदेखि नै बुटवल सुनसान भइसकेको छ, तर गाउँमा भने रमाइलो सुरु भइसकेको छ ।’ चाडवर्प बाहेकका समय भने गाउँ प्रायः सुनसान नै हुन्छन् । सधैं चहलपहल हुने सदरमुकाम तम्घास पनि आईतवारदेखि प्रायः सुनसान बनेको छ । अन्य दिनको तुलनामा शनिबार केही चहलपहल बढेको भए पनि आईतबार देखि पूरै शून्य भएको व्यवसायीहरूले बताए ।

रोजगारी, अध्ययन, व्यापार व्यवसाय लगायतका कामले शहर बजार र बिदेश रोज्नेहरू प्रायः एक दुई वर्षमा दसैंमा मात्र घर फर्कने भएकाले गाउँहरू भरिभराउ हुन थालेका हुन् । शहर बजारको कोलाहल, कामको व्यस्तता, तनावपूर्ण दिनहरूलाई बिर्संदै दसैं मनाउन गाउँ पसेकाहरूको फुर्सदले उत्साह र उमङ्गसमेत बोक्ने गरेकाले केही दिनका लागि भए पनि गाउँ रमाइलो हुने अर्जैका सुरज भण्डारीले बताए ।

‘म आएको पाँच दिन भयो,’ भण्डारीले टेलिफोनमा भने, ‘अघिपछि गाउँ आउन मनै लाग्दैन,’ उनले भने, ‘दसैंमा भने कहिले गाउँ पुगौं, पुगौं जस्तो हुन्छ ।’

वर्षौंदेखि बिछोडिएका साथीसंगीहरूको भेटघाट, सम्बन्ध विस्तारका कारण पनि सहरमा बसेर गाउँ फर्केकाहरूलाई केही दिन गाउँको बसाइ रमाइलो नै लाग्ने गर्दछ । गाउँको चहलपहलसँगै शहरमा सुनसान धेरै बढेको छ । सवारी साधनमा बाहेक अन्य क्षेत्रको व्यापार व्यवसाय घट्दो छ । पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकासले पनि सदरमुकाममा व्यापार व्यवसाय घटाउँदै लगेको व्यवसायीको अनुभव छ ।

पछिल्लो एक सातामा जिल्लाका रिडी, खैरेनी, शान्तिपुर, मजुवा, वामीटक्सार, वीरबास, सिमलटारी लगायतका ग्रामीण बजारहरूमा भने चहलपहल बढ्दै गएको छ । शान्तिपुरका व्यवसायी दामोदर सापकोटाले सुस्ताएको व्यापार व्यवसाय चाडपर्वमा केही फरक हुने गरेको बताए । ‘अहिले चहलपहल बढ्दो छ,’ उनले भने, ‘दसैंमा युवायुवतीहरूको गाउँ र्फक अभियानले यस्तो भएको हो ।’ दसैंबाट सुरु भएको ग्रामीण क्षेत्रको चहलपहल तिहारसम्म नै रहने सापकोटाले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D