gulminews logo
शनिबार, २०८१ बैशाख २२

दक्ष जनशक्ति विना देशलाई वदल्ने कल्पना समेत गर्न सकिदैन : गोकर्ण विष्ट

कौरब खत्री
गुल्मी, मंसिर २९ । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दक्ष जनशक्ति उत्पादन गर्न नसकेसम्म देशलाई वदल्ने कल्पना समेत गर्न नसकिने बताएका छन् । शनिवार महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मीको ६१ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै पूर्व मन्त्री विष्टले शिक्षामा राज्यको लगानी महत्वपूर्ण हुने बताए ।

गुल्मी क्षेत्र नं. २ को सांसद समेत रहेका विष्टले वि.सं. २०८२ साल सम्म कुनै वालबालिका विद्यालय जान सकेनन् भने त्यसको जिम्मा राज्यले लिने तर अभिभावकको कारण जान नसके आवश्यक कदम चालिने बताए । साथै पूर्व मन्त्री विष्टले रिडि रुद्रवेनी सडक कालोपत्रेको लागि टेन्डर हुन लागेको जानकारी दिँदै विद्युत केन्द्रीय प्रसारणको लागि समेत काम भैरहेको बताए ।

सोही अवसरमा विष्टले भुकम्प पुनःनिर्माण प्राधिकरण अन्तरगत निर्माण भएको ४ कोठे भवनको समेत उद्घाटन गरे । कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा,धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, पूर्व श्रोतव्यक्ति टंकनाथ भण्डारी,युनेस्को युवा क्लव मुसिकोट नगरपालिकाका अध्यक्ष मोहन घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए .

सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, पूर्व श्रोतव्यक्ति टंकनाथ भण्डारी,युनेस्को युवा क्लव मुसिकोट नगरपालिकाका अध्यक्ष मोहन घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अवसरमा विद्यालयमा दिर्घ सेवा गरि अवकास लिएका विद्यालयका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, पूर्व शिक्षकहरु टंकनाथ भण्डारी,नन्दराम सापकोटा, विष्णुराज भण्डारी लाई दोसल्ला मायाको चिनो फुलमालाले सम्मान सहित विदाई गरिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D