Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तुरतुरे ताल अप्डेट: ५० प्रतिशत पानी बग्यो, मध्य पहाडी लोकमार्ग ठप्प पैदल यात्रा गर्न पनि बन्द - Gulminews

तुरतुरे ताल अप्डेट: ५० प्रतिशत पानी बग्यो, मध्य पहाडी लोकमार्ग ठप्प पैदल यात्रा गर्न पनि बन्द

अनिल खत्री
२० साउन, गुल्मी । गुल्मी सिमाना र बाग्लुङ जिल्लाको तुरतुरेमा पहिरोले खोला थुनिएर बनेको कृतिम ताल फुटेर पानी ५० प्रतिशत पानी बगेको छ । पानीको चाप बढेपछि सोमबार राति २ बजेपछि तालको पानी फुटेर बग्न थालेको हो । करिव ७ घण्टा थुनिएर बनेको ताल एकैपटक नफुट्दा बडिगाड खोलाको तटिय क्षेत्रमा अरु क्षति भएको छैन । ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठे अन्र्तगत मध्ये पहाडी लोकमार्ग सडकको २ सय मिटर पक्की मोटरबाटो समेत बगाएको छ । बाटो बगाउँदा गुल्मीहुँदै बाग्लुङ बुर्तिबाङ सडक अबरुद्ध बनेको छ ।

बाटो बगाउँदा त्यस स्थानका स्थानियलाई पैदल यात्रा गर्न पनि बन्द भएको छ । बैकल्पिक सडक समेत नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि त्यहाँका स्थानियलाई सास्ती भएको छ । बाटो अबरुद्ध भएपछि त्यस स्थानमा खाद्यान्न लगायत अरु उपभोग्य सामाग्रीको अभाव हुने देखिएको छ । बाटो मर्मत गर्न धेरै समय लाग्ने देखिएको छ । गत वर्षको भदौमा पहिरोले बनेको ताल एक वर्षपछि फुटेको हो ।बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका वडा नम्बर ७ र डोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । गत वर्ष पनि पहिरोले तालसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध बनाउदा झण्डै २ महिनापछि सडक सुचारु ग्रिएको थियो ।

ताल फुटेपछि अहिले करिव ५० प्रतिशत पानी खोलामा बगेको छ । सडक अवरुद्ध भएको मध्यपहाडी लोकमार्गका विषयमा आयोजनाका इञ्जिनियरहरुसँग परामर्श भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री बताए । ताल फुटेपछि रातीदेखि नै गुल्मी न्युज सहितका सञ्चार माध्यमहरु र प्रहरी टोलीले तटीय बस्तिमा सावधानी अपनाउनका लागि अनुरोध गरेका थिए । तालको पानी फुटेर बग्न थालेपछि त्यस स्थानमा डुवानमा परेका घरहरु र खेतहरु पनि देखिएका छन् । तालको पानी बिस्तारै फुटदै बग्ने गर्नाले मानविय क्षती भएको छैन् । ताल फुटेपछि नदि किनारमा रहेका बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका मानिसहरु उच्च जोखिममा परेका छन् ।

नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । गुल्मी तर्फ नदि किनारमा पानीको वहाफ वढन साथ पूर्व सुचना यन्त्र पनि जडान भएको छ । पानीको बहाफवढन साथ राति ३ बजेबाट त्यसले पूर्व सुचना प्रवाह गरिरहेको पैमुख जिल्ला अधिकारी पौडेलले बताए । तालको पानी बग्न थालेपनि कुनै क्षती नगरेको र थप क्षती हुन नदिन पनि सतर्कता अपनाइरहेको प्रजिअ पौडेलको भनाई छ ।

वर्षात पनि भइरहेकाले तटीय क्षेत्रमा सर्तकता अपनाउनु पर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ । गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D