Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तीन जिल्ला जोड्ने 'तीनमुखे' पुल निर्माण कार्य अलपत्र - Gulminews

तीन जिल्ला जोड्ने ‘तीनमुखे’ पुल निर्माण कार्य अलपत्र

पाल्पा, भदौ १८ । स्याङजा, पाल्पा र गुल्मी जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माण कार्य अलपत्र बनेको छ। ठेकेदारको चरम लापरबाहीले निर्माण कार्य अलपत्र बनेको हो। तीन वर्ष भित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर ठेकेदारको लापरबाहीले पुलको काम पाँच वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन। यो पुलले तानसेन नगरपालिका १४ को अर्गली, गुल्मीको रुरु गाउँपालिका १ को रिडी र स्याङ्जाको कालिगण्डकी गाउँपालिका १ कारिकोट चण्डी भञ्ज्याङलाई जोड्ने छ।

नेपालकै आकर्षक र धेरै जनता लाभान्वित हुने भनिएको पुल निर्माण कार्य यसरी अलपत्र बन्दा यहाँका नागरिक निरास बनेको कारिकोट चण्डिभञ्ज्याङका विष्णु पाण्डेले बताए। ‘कामको जिम्मा लिएको ठेकेदारले लापरबाही गरेको भए कारबाही हुनुपर्छ’ उनले भने, ‘स्वयं सरकारले वेवास्ता गर्नु दुखद हो।’ नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारीले सरकारका जिम्मेवार व्यक्तिको उपस्थितिमा निकै तामझामका साथ पुलको शिलन्यास गरिएको बताए। उनले भने, ‘पाँच वर्ष पुग्दा समेत निर्माण कार्य सम्पन्न नहुनु दुखद हो। राज्यले तत्काल चासो देखाउन आवश्यक छ। नदीको बीच भागमा एउटा पिल्लर ठड्याइएको छ। तर अरु काम भएको खासै देखिएको छैन।’

२०७१ साल असारमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य २०७४ असार ९ गतेसम्म सम्पन्न गर्नु पर्ने थियो। तर सम्झौता अनुसार २ वर्ष बढी म्याद गुज्रिसकेको छ। समयमै निर्माण कार्य किन नसकिएको हो भन्नेबारे आफू बुझ्ने प्रयासमा रहेको रुरु गाउँपालिका १ का अध्यक्ष रामलाल विकले बताए। ‘तीन जिल्लाको संगमस्थल रिडी रुरु क्षेत्रको कालीगण्डकीमाथि नयाँ प्रविधिसहित पुल बनाउने योजना समयमै सम्पन्न गर्ने सरकारको योजना थियो। तर काम नगर्दा पुल कहिले बन्ने हो भन्ने अन्योल रहेको छ’, अध्यक्ष विकले भने।

यता पुल बनाउने जिम्मा लिएको निर्माण कम्पनी रुविना मना जेभी कन्स्ट्रक्सनका ठेकेदार महेन्द्र अधिकारले काम तीव्र गतिमा अगाडि बढेको दावी गरे। ‘बीचमा एउटा पिल्लर उठाउने काम सकिएको छ’ उनले भने, ‘पाल्पा, स्याङ्जा र गुल्मी भेगमा ब्लक उठाउने काम लगभग सकिन थालेको छ।’ नेपालकै नमुना पुल भएकोले यसको प्राविधिक जानकारी नभएकोले निर्माण कार्यमा ढिलाई भएको ठेकेदार अधिकारीले स्वीकार गरे। झण्डै दुइ वर्ष पुल कसरी बनाउने, कस्ता सामग्री प्रयोग गर्ने र लोड थाम्ने कसरी बनाउने भन्नेबारे जानकारी लिदा नै बितेको उनले बताए।

अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए। ठेकेदार अधिकारीका अनुसार आगामी चैतसम्म पुलको निर्माण कार्य सम्पन्न हुने छ। २०७१ साल असार १० गते तत्कालीन मुख्य सचिव लिलामणि पौडेल र गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारीले संयुक्त रुपमा तीनमुखे पुलको शिलान्यास गरेका थिए। सरकारले रुविना मना जेभी कन्स्ट्रक्सनसँग नौँ करोड ८८ लाख रुपियाँ लागतमा तीन मुखेपुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले पुलको बारेमा सामान्य सूचना दिने होर्डिङ बोर्ड समेत राखेको छैन। होर्डिङ बोर्ड नहुँदा काम कहिले सकिन्छ भन्नेमा स्थानीय अन्योलमा छन्। -थाह खबर डट कमबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D