gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

तिज मनाएर घर फर्कीदै गरेकी महिलाको गहना र मोबाईल लुटियो

अनिल खत्री
१८ भदौ, गुल्मी । धारिलो हतियार देखाएर अर्घाखाँची र गुल्मीको सिमानामा एक जना महिला लुटिएकी छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न ७ देउराली वजार नजिकै तिज मनाएर घर फर्कीदै गरेकी अन्दाजी ५१ वर्षिय सिता पौडेल लुटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताए ।

पौडेल बुधवार बेलुकी सोहि वडाको वाईगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ भुवनपानी आफनो घर तर्फ आउँदै गरेकी थिइन् । अपरिचित व्यक्तिले महिलालाई चक्कु देखाएर सुनको सिक्री र लकेट गरि करिव २ तोला सुन र मोवाइल सेट लुटेको स्थानीय शोभाखर पाण्डेयले बताए ।

पानी परेको समयमा छाता ओडेर घर तर्फ आउने क्रममा एक्कासी चक्कु देखाएर गहना लुटदा महिलाको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । महिलाको गरगहना लुटिएको थाहा पाएपछि स्थानीय र प्रहरीले खोजीकार्य गरेका सुनका गहना लुटने लुटेरा फेला नपरेको प्रहरी नायव उपरिक्षक बिष्टले बताए ।

मंगलवार सोहि वडाकै वडाअध्यक्षले चढ्ने सरकारी मोटरसाइकल अज्ञात समुहले जलाएको घटना सेलाउन नपाउँदै दिनदहाडै फेरि अर्को घटना घटेसँगै स्थानीय त्रसित बनेका छन् । अगजनी र लुटपाटका घटना बढेसँगै स्थानीयहरु चिन्तीत बनेका छन् । लुटने अपरिचित समुहको दुबै तिरका प्रहरीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D