gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

तिज पर्वको महत्व र भित्रिएको आधुनिकता

सुनिता कंडेल
गुल्मी । महिलाहरुको महान चाडको रुपमा मनाइने तीज आउन केहि दिन मात्रै बाँकी रहेको छ । चाडपर्वहरु मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइन्छ । भाद्र शुक्ल तृतिया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरुको धर्म र संस्कृति बोकेको छ ।

तीज र ऋषिपञ्चमी महिलाहरुको धार्मिक, सांस्कृतिक महत्वको रुपमा लिने गर्दछन् । आफ्ना पतीको दिर्घायु तथा परीवारजनको सुख समृद्धिको लागी व्रत बस्ने चलन पनि तिज पर्वको अर्को धार्मिक पाटो रहेको छ । तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको प्रति पुराना पुस्ताको चिन्ता पनि छ ।

हुदाखानेले हुनेखानेको देखासिकी गर्दै ऋण खाजेरै भएपनि कपडा र गर–गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा ब्याप्त देखिन्छन । गर–गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तिज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउदै जानेमा पनि पुराना पिढिको तर्क रहेको छ । यसरी देखासिकीको रुपले बिकृति निम्त्यायो भने गरीव महिलाहरुले यो पर्ब मनाउने भन्दा पनि कसरी छल्ने तर्फ चिन्तित बन्ने देखिन्छ ।

नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा वजारमा आएका गित नेपाली मौलिकता पन, नेपाली संस्कृति, भन्दा फरक तरिकाबाट तोड मोड हुदै नयाँ पन थपिदै आएका छन् । पछिल्लो पिडीका नयाँ कलाकारहरुले निकालेका सबै खाले गीतहरु नेपाली मौलिकता पन नदेखिएको पुराना कलाकारहरुको भनाई छ । पछिल्लो समय हाम्रो समाज पुरानो शैली भन्दा फरक भएको पनि मौलिक संस्कृतिलाई मोड्न नहुने सबै समुदायको जोड छ ।

अहिले हाम्रो समाजमा सासुले बुहारीलाई दुख दिने जस्ता घट्ना अहिलेको समाजमा हट्दै गएकाले केहि परिर्वतन आएपनि गीत गाउने बाहनामा नयाँपन ल्याउन संस्कृतिलाई नै धरापमा लैजानू भएको प्रति धेरैको चिन्ता छ । तर बिगत केही वर्षहरू यता आधुनिकताको नाममा चाडलाई बिकृति बनाइदै छ ।

अहिलेको समाज परिर्वतनशिल छ । समाज परिर्वतनशिलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन् । संस्कृतिको आफ्नै महत्व छ । आधुनिकताको नाममा संस्कृतिलाई आफु अनुकुल परिभाषा आफु अनुकुल चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व माथी प्रश्न उठ्न थालेको छ ।

पहिले तिजको बेला बिभिन्न मन्दीर खेला मैदानमा भेला भएर वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन बिस्तारै इतिहास बन्न थालेको छ ।

अहिले तिजको दिन पनि यसरी जम्मा हुने प्रचलन पनि घट्न थालेको छ । कहि कतै जम्मा भएपनि गीत संगीत पनि फरक खालका गाउने गर्नुले पनि सबैको चाख चाडपर्व प्रति घट्न थालेको छ । पछिल्लो समयमा तिज आउनु भन्दा पहिले विभिन्न पार्टी प्यालेस र चारतारे होटलमा दर खाने साउन्ड सिस्टम बजाएर नाच्ने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ ।

झण्डै एक महिना अघिबाट दर खाने प्रचलन एउटा तिज पर्वको पछिल्लो समयमा भित्रिएको विकृतिको पाटो बन्न जान थालेको छ । तिज पर्वमा देखासिकी प्रतिस्पर्धा बढ्ने गरेको छ । पर्वलाई धर्म संस्कृति जोगाउनु भन्दा पछिल्लो पिढि देखासिखी तर्फ लागेको पुराना पुस्ताको चिन्ता छ ।

तीजको अर्को मौलिक पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने गीतहरुमा पनि एउटा संस्कृति बोकेको छ । तर पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् ।

तीज भनेकोे गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने ठुलो अवसर हो । तर पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । पर्वको अबसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेदना भन्दा पनि फरक खालको संस्कृति भित्रिएको प्रति पुराना पुस्ताको चिन्ता छ ।

तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व को रुपमा लिइन्छ । विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिई पराईघरमा भएका अन्याय अत्याचार ज्यादतीलाई गित मार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको पर्व पनि तीज हो ।

महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि माइतिसंग समय बिताउने पर्वको रुप पनि हो । तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने गर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ ।

तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मैदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D