gulminews logo
शनिबार, २०८१ बैशाख ८

तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाडौं, मंसिर ०१ । बर्दिया, मधुवन नगरपालिका-६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

उता नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१२ गैडी बस्ने होमराज गिरीको घरमा पनि तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय चित्र बहादुर काफ्ले लगायत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९७ हजार ३ सय १० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी कास्की स्थित पोखरा महानगरपालिका-४ कालिमाटी चोकस्थित राम कुमारी पराजुलीको मझेरी खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका- ५ बस्ने धादिङ घर भएका ५० वर्षीय मोहन थापा मगर लगायत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D