gulminews logo
मंगलवार, २०८० चैत्र ६

तम्घासमा लुकेर बसेको अवस्थामा बहुविवाह मुद्दामा फरार बसन्त पक्राउ

अर्घाखाँची, २८ मंसिर । बहुविवाह मुद्दाका फरार सन्धिखर्क नगरपालिका-१० बस्ने ३३ वर्षीय बसन्त नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले गुल्मी रेसुङगा नगरपालिका-९ उपल्लो तम्घासमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D