gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

तपाईंलाई थाहा नहुन सक्छ गुल्मीका जेठी, माइली र कान्छी सक्राँन्तीको बारेमा, कुरो यस्तो छ

जनार्दन घिमिरे
गुल्मी, १ माघ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी क्षेत्रस्थित कालीगण्डकी नदीको किनारमा आज बिहानैदेखि माघे संक्रान्ति मेला शुरु भएको छ ।

विभिन्न स्थानबाट धार्मिक क्षेत्र रिडी आएका हजारौं श्रद्धालु भक्तजनले आज बिहानैदेखि कालीगण्डकी नदीमा मकर नुहाएका छन् ।

नुहाई सकेपछि श्रद्धालु भक्तजनले नजिकै रहेको रिषिकेश मन्दिरमा पुगेर भगवानको पूजा आराधना गरेका छन् । यसरी पूजा आराधना गरेपछि मानिसले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्षप्राप्ति हुने जनविश्वास छ ।

गुल्मीलगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ, रुपन्देही, दाङ, सल्यान, प्यूठान लगायतका जिल्लाबाट कालीगण्डकी नदीमा स्नान गर्नका लागि श्रद्धालु भक्तजनले संक्रान्तिको अघिल्लो दिनमा नै रुरु क्षेत्रधामअन्तर्गत रिडीस्थित कालीगण्डकी किनारमा बास बस्ने गर्दछन् ।

श्रद्धालुले विशेषगरी मकर संक्रान्तिका दिनमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा रिषि ऋणसमेत तिरिने धार्मिक विश्वासका कारण हजारौँ श्रद्धालु रिडी क्षेत्र धाममा आउने प्रचलन छ । नेपालका चार धाममध्ये एक धामका रुपमा परिचित रिडी क्षेत्र, धार्मिक, ऐतिहासिक, पौराणिक एवं पर्यटकीय दृष्टिकोणलेसमेत स्वदेश तथा विदेशमा निकै महत्वपूर्ण मानिन्छ ।

कालीगण्डकीमा स्नान गरेर मन्दिर परिसरमा अवस्थित रुरु कन्याको दर्शन गरेमा पनि सम्पूर्ण पापबाट मुक्ति भई मोक्षप्राप्त हुन्छ भन्ने अर्को किंवदन्ती

कालीगण्डकीमा स्नान गरेर मन्दिर परिसरमा अवस्थित रुरु कन्याको दर्शन गरेमा पनि सम्पूर्ण पापबाट मुक्ति भई मोक्षप्राप्त हुन्छ भन्ने अर्को किंवदन्ती रहेको रुरु क्षेत्र विकास समितिका अध्यक्ष रामलाल विश्वकर्मा बताउनुहुन्छ ।

गुल्मीमा विषेशगरी जेठी, माइली र कान्छी गरी तीन दिनलाई मकर संक्रान्ति पर्व मानेर श्रद्धालु कालीगण्डकी नदीमा स्नान गर्न आउने प्रचलन छ । मकर संक्रान्तिका अवसरलाई सदुपयोग गर्दै स्थानीय रुरु फ्रेण्डस क्लबले रिडीको खेल मैदानमा आजदेखि नै राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।

रुरु क्षेत्रको महिमालाई अझ प्रचारप्रसार गर्नका लागि कृषि सामग्री प्रदर्शनीदेखि पहिलो पटक रुरु क्षेत्रको तस्वीर प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा रुरु क्षेत्रसँग सम्बन्धित १०० भन्दाबढी तस्वीर समावेश गरिएका छन् ।

मकर संक्रान्तिको अवसर पारेर सञ्चालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडीपाखी तथा बाँसका चोयाबाट निर्मित सामग्रीका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तिको अवसरमा रिडीमा व्यापार गर्नका लागि बाग्लुङ, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लादेखि तीन दिनसम्मको यात्रा गरी मानिस रिडी आइपुगेका छन् ।

मेलालाई व्यवस्थित गर्न गुल्मी, पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधिले चक्रिय प्रणालीमा अध्यक्ष पदमा नेतृत्व लिनेगरी रुरु क्षेत्र विकास समितिको गठन गरेका छन् ।

रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले धार्मिक एवं पर्यटकीयस्थल रिडी क्षेत्रको विकास, त्यसको प्रचारप्रसारका साथै मेलाको व्यवस्थापन कार्यमा सहयोग पु¥याउँदै आएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी अधिकृत नरेश भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D