ठगी मुद्धामा फरार गुल्मीका अर्याल पाचँ महिनापछि पक्राउ

टोपलाल अर्याल
गुल्मी, २ भदौ । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठगी मुद्धाका फरार अभियुक्तलाई पाचँ महिनापछि गिरफ्तार गरेको छ ।

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ बर्षिय घनश्याम अर्याललाई प्रहरीले शुक्रबार उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक शिव बहादुर खत्रीले जानकारी दिए ।

ठगी मुद्धामा अर्याललाई जिल्ला अदालत काठमाडौले २०७४ फागुन ११ गते दुई बर्ष कैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आवश्यक कारवाहीका लागि महानगरिय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको खत्रीले बताए ।

जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्त पक्राउ गर्ने अभियान शुरु गरेको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ