टिकट नपाएपछी गुल्मीबाट प्रचण्डकै ज्वाँईले बागी उमेदवारी दिने घोषणा

प्रेम सुनार
गुल्मी, कार्तिक–१५ । गुल्मीमा नेकपा माओवादी केन्द्रका एक जना नेताले आफुले केन्द्रबाट टिकट नपाए पछि आफ्नै पार्टीका नेता विरुद्ध बागी उमेदवारी दिने घोषणा गरेका छन् । सुरुमा प्रतिनिधी सभाको लागि गुल्मी क्षेत्र नम्वर २ बाट उमेदवारमा सिफारिस भएका माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धी जिसीले फेशबुक स्टाटस मार्फत बागी उमेदवरी दिने घोषणा गरेका हुन् ।

गुल्मीको क्षेत्र नम्वर २ को प्रदेश नम्वर ४ मा सो पार्टीका पोलिटब्युरो सदस्य दिनेश पन्थीको उमेदवारी केन्द्रबाट टुङ्गो लागेर आए लगत्तै जिसीले बागी उमेदवारीको घोषणा गरेका छन् । उनले देशैभर ६० ÷ ४० माओवादी र एमालेलेको सिट बाँडफाँट अनुसार कुनै जिल्लामा प्रतिनिधी सभाको उमेदवार माओवादी केन्द्रले पाएको उमेदवार सम्वन्धित जिल्लामा एमालेले प्रतिनिधी सभा पाउने भए माओवादी केन्द्रका प्रतिनिधी सभाका लागि सिफारिस भएका उमदवारले स्वतः प्रदेश सभाको टिकट पाउने केन्द्रको नीति अनुसार आफुले पाउने दावि गर्दै आएका थिए । जिसी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाँई चेला हुन् । उनले आफु माथी अन्याय भएको गुनासो गरेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D