gulminews logo
शुक्रबार, २०८० चैत्र १६

झुल्यो धान, फुल्यो फूल फर्किए प्रदेशी– आयो दशैं

सुनिता कंडेल
गुल्मी, असोज २५ । आज एउटा महान पर्व र खुसिले भरिएको दिन मन फुकाउने प्रयास गरे । यो बातावरण यो मौसम पनि कति रमाइलो चारैतिर फुलिरहेका फूलहरु प्रदेशबाट फर्किएका आफन्तहरु, झुलेका धानहरु,फक्रिएका कोदाका बालाहरु छुट्टै आनन्दले भरिने मन दशैंको यो खुसिको मौसमले सबैको मनमा खुसि दिलाउछ ।
हिन्दुहरुको महान चाडको रुपमा मनाइने बिजया दशमी चाड नेपालीहरुको प्रमुख चाडको रूपमा मानिन्छ । वर्षातको विदाइसँगै आउने महान पर्व दशैंको छुट्टै खालको मौसमले सबैमा खुसि भरिदिन्छ ।
लामो समय सम्म प्रदेशिएका आफन्तहरुलाई भेट गराउने एउटा बिशेष महान पर्वले रित्तीएका ती गाउँ बस्तीहरु पनि भरिदिन्छ । आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाता को पुजाआराधना गरी दशमी को दिन टिका प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ । विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
दशै पर्ब हिन्दु नेपालीहरुको ठूलो पर्व हो । दशै आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजाग्रात पूर्णिमासम्म (१५ दिन सम्म ) बिजया दशमी दशैलाई छुट्टै महत्वका साथ मनाउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाको दिन लाई घटस्थापना भनिन्छ । यसै दिन देखी नबरात्री आरम्भ हुन्छ । प्रतिपदादेखि शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।
घटस्थापनाको दिन दशै घर अथवा पुजा कोठामा जमरा राखिन्छ । असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ । दशैंको अबसरमा घर आँगन ,बाटो घाटो ,गाऊ टोल सफा सुग्घर राख्ने जस्ता कामहरु पनि दशैमा गरिन्छ ।
घर आगन सफा सुग्घर गरेर रङ्ग रोगन लगाउने रातो सेतो, पहेलो बिभिन्न खालका माटोले घर सजाउने पनि दशैंमा गरिन्छ । यसले चारैतिरको मौसमलाई झनै उमंग थपिदिन्छ ।
दशैको नवमी दिन बिभिन्न मन्दिर कोट देवालयहरुमा बलि दिने पनि प्रचलन छ । मनको कामना पुरा गर्ने उदेश्यले बिभिन्न मन्दिरहरुमा रागा,पाठा,हास, भेडा,कुखुरा,परेवा लगायत पंक्षीलाई बलि दिने प्रचलन छ ।
कतिपय साहाकारीले कुबिन्नो, काक्रा,मुला जस्ता पनि चढाउने प्रचलन रहि आएको छ । दशैंको अबसरमा मन्दिरमा दिइने बलि प्रथालाई पछिल्लो समयमा बिभिन्न कोणबाट हेर्ने गरिएको पनि छ ।
मन्दिरहरुमा पुँजा आजा गरेतापनि बिभिन्न पंक्षीलाई बलि दिन नहुने बहस पनि उठ्ने गर्दछ । दशमीको दिन आफ्ना मान्यजनहरु बाट टिका तथा जमरा लगाई आशिर्बाद ग्रहण गरिन्छ । आफ्नो क्षमता अनुसार मिठो खाने खुवाउने पनि गरिन्छ । बिभिन्न किसिमका रमाइलो गर्ने पिङ्ग खेल्ने पनि गरिन्छ ।
साथीसङ्गी आफन्तहरुसँग भेटघाट गर्ने हुदा एक आफन्तमा भाईचारा को सम्बन्ध बढ्दै जाने गर्दछ । बिजया दशमीको दिन देखी कोजाग्रत पुर्णीमाको दिनसम्म टीका प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको छ ।
निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ, जमराबाट शीतलता प्राप्त हुन्छ, विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् भन्ने जनविश्वास रहिआएको छ ।
टिकासँगै दिइने दक्षिणाको पनि महत्व हुने गर्दछ । खास गरि बाल्यकालमा यसको ठूलो महत्व रहने गर्दथ्यो । टिका लगाएर पाउने दक्षिणा कस्को कति भयो भनेर घर परिवारमा पनि यसको चर्चा हुने गर्दछ । टिकासँगै दशैको दिन दश पर खानुपर्छ भन्दै आएका पाहुनालाई बिभिन्न खानाका परिकार पनि तयार गरेर खुवाउने प्रचलन छ ।
पछिल्लो समयमा दशै पर्व संस्कृतिसँग जोडिने भन्दा पनि तडक भडक तरिकाले खानपिन देखि लगाउने सम्म हुने खाने र हुँदा खाने वर्ग बिचमा अन्तर देखिने गरेको छ । आफुमा जे छ त्यहिमा रमाउनु भन्दा पनि छिमेकीले जे गर्याे तेहि गर्नुपर्ने देखासिकी प्रवृतिले गरिवलाई दसै पर्वले भारि बोकाउने गरेको पनि देखिन्छ ।
दशैंको अर्को रमाइलो पक्ष पिङ्ग पनि हो । दशैमा खर बावियोबाट तयार गरिने पिङ्ग र काठबाट तयार गरिएको काठेपिङ्ग यसको रमाइलो पक्षको रुपमा लिइन्छ । खर बावियोबाट तयार गरिने पिङ्ग सँङगीसाथीहरु मिलेर तयार गरेर खेलिने गरिन्छ यसले निकै रमाइलो अनुभूति दिलाउछ । काठबाट तयार पिङ्गबाट पनि निकै रमाइलो अनुभूति दिलाउछ ।
दशैंतिहारमा एकपटक पिङमा चढेर भुई छोड्नैपर्ने मान्यता परापुर्वकालदखि चलिआएता पनि पछिल्लो समय पिङको बिस्तारै लोप हुदै गएको छ । युवाशक्तिमा पिङप्रतिको आकर्षण घट्दै गएको छ , बाबियो बाटेर पिङ बनाउन अल्छी गरिरहेका छन । नयापिढीले पुरानो संस्कृतिको व्यबस्था गर्नुमा पाकापुस्ताको चिन्ताको विषय बनेको छ ।
दशैको अर्को पक्षको रुपमा सराय नाच पनि हो । यो प्रचलन गुल्मी लगायत छिमेकी जिल्लाहरुमा अल्लि वढि प्रचलनमा रहि आएको छ । दशैंको टिकाको दिनपछी पूर्णिमा सम्म सराय नाच गरिने प्रचलन रहेको छ ।
बिभिन्न हतियारहरु हातमा लिएर बाजा सहित सराय नाच गरिनुले अर्को रमाइलो पक्ष थपिदिन्छ । यो पनि दशैंको आफनो महत्व बोकेको संस्कृति हो । तर यसको पनि पछिल्लो समयमा युवा पिडिमा चासो नदिनाले महत्व घटन थालेको छ ।
वर्षमा सांस्कृतिक उत्सब बोकेर आउने यो रमाइलो पर्व दशैमा हामीले देखासिकी नगरौ । बिस्तारै वलि प्रथाको अन्त्यमा लागौ । पिङ, सरायनाच जस्ता कुराहरुको संरक्षण गरौ । हाम्रो मनलाई पनि यो मौसम र बाताबरणजस्तै स्वच्छ र सफा बनाऔ । जसरी हामी टिका र जमरामा सजिदा सुन्दर र रङगीचङ्गी देखिन्छौ त्यसै गरी सबैको जीवन सदाबहार सुन्दर र रङ्गिचङ्गी होस । सम्पुणलाई दशैंको शुभकामना ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D