gulminews logo
मंगलवार, २०८१ बैशाख ४

‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’

ठूलोसोमबहादुर सुनार
साँगाचोकगढी नगरपालिका १, सिन्धुपाल्चोक । मेरी श्रीमतीलाई उनकै भाइले अवैधानिक रुपमा विदेश पठाए । त्यो पनि मसँग सल्लाहै नगरी । दुईचार पैसा कमाइने लोभ देखाएर बुढी भकी आफ्नै दिदीलाईपनि छाडेनन् ।

मेरी श्रीमती (पार्वती सुनार) अहिले त दूतावासमा आइपुगेकी छन् रे । बल्ल मन अलिकति भएपनि शान्त भएको छ । उनी दूतावासमा आइपुगेपनि मेरो मनमा दन्केको आगो भने पटक्कै निभेको छैन । मेरो सालोले खै सेतै कपाल फूलेकी बुढीले के कमाउँछे भनेर विदेश पठाए होलान् ? मेरो मनमा यही कुरा खेलिरहन्छ ।

म छोराबुहारी भेट्न काठमाडौं आएको थिएँ । श्रीमती घरमै थिइन् । मलाई कान्छो छोराले नै भने ‘बुवा आमा पनि काठमाडौं आउनुभएको छ रे’ मत छक्क परे । फोन गरेर सोधे भाइसँग पशुपति दर्शन गर्न आएको भनिन् ।

होला भन्ठानेँ । तर त्यसको भोलिपल्टै विदेश पठाएछन् । कहिले पासपोर्ट बनाए, कसरी पठाए मलाई त थाहै छैन । मेरो श्रीमती ४६ वर्ष लागिन् । ३ जना त नानिनातीना छन् । त्यसमाथि ऊ बिरामी पनि छिन् ।

गएको साउनमा लडेर उसको अप्रेशन गरेको छ । माइतबाट फर्किदा बाटोमा लडिछ । बाटो अलिक अप्ठेरो थियो । रातभरी खोज्दा पनि भेटिएन् । भोलीपल्टमात्रै उठेर आइछन् । मैले धुलिखेल अस्पताल ल्याएँ । कलेजो फोक्सोको अपरेसन गरेको । हात पनि भाँचिएको छ ।

घरको काम त गर्ने नसक्ने दिदीलाई आफ्नै भाइ रामकृष्णले के सोचेर कुवते पठाए होलान् । दिदीको अनुहार देख्दा अलिकति माया लाग्नुपर्ने हो नि ।कंलकीबाट गाडीमा दिल्ली लगेछन् । दिल्लीबाट कुवेतमा पुर्‍याएका हुन रे ।

कुवेतमा घरको काममा रातदिन नभनेर गर्नुपर्ने । त्यसमाथिपनि साहुले कुटपिट गरेर मारुँला झै गर्छन भनेर फोनमा रोइन् । त्यो घरमा उनले कसरी काम गरिन् होला ?

यहाँ घरमा खाना पकाउन नसक्दा म आफैंले पकाएर खुवाउँथे । त्यस्तो मान्छेले बेकारमा पराइ देशको मान्छेको कुटाइखान प¥यो । भाइले घरमा आएर फकाएर पठाएछन् । मलाई पनि ढाँट्न लगाए । पछि दुःख पाएपछि मात्रै पो भनिन् ।

बुढेशकालमा उनले उता दुःख पाइन् । मेरो यता उस्तै हाल छ । श्रीमती त्यसरी विदेश पुगेको थाहा पाएदेखि मलाई घरमा बस्न मन लाग्दैन । म त कहाँ जान्छु कहाँ खान्छु मलाई नै थाहाँ हुँदैन् । धेरैदिन त रुख मुनी सुते ।

दिदीको छोरो मानेले पो दिल्ली पुर्‍याएको रहेछ । बल्ल पो थाहा पाउँदै छु । सालोलाई निकालिदेउ छिटो किन त्यसो गरेको भन्दा मलाई र मेरो छोराहरुलाई पनि मारिदिन्छु भन्छन ।सालोले त मलाई कुट्यो पनि ।

एकचोटी फोनमा कुराहुँदा मेरो जिन्दगी त खत्तम भयो । मलाई त कहाँ लगे कहाँ भनेर रोएकी थिइन् । न उसलाई फोन गर्न आउछ न उठाउन् । काम गरी खाने मलाई आफन्तले नै बिजोग बनाइदिए ।

मलाई साह्रै टेनसन भएको छ । म त पागल जस्तै भइसकेँ । बुढेशकालमा अनेक आइलाग्यो । पावर्ती चाँडै घर आए हुनेथियो । मलाई झुक्याएर आफ्नै दिदीबेच्ने मेरो सालोलाई भलो नहोस् ।

रीना श्रेष्ठले गरेको कुराकानीमा आधारित उज्यालो अन्लाईन डट कमबाट ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D