gulminews logo
बिहीबार, २०८१ बैशाख १३

झन्डै ३० हजार मतका साथ गुल्मी २ मा गोकर्ण बिष्ट अगाडी (बेलुकी ६:३० को अप्डेट)

सन्जु काउछा
मंसिर २३ । गुल्मीको दुई वटै निर्वाचन क्षेत्रमा एमालेका सचिबद्वयले अग्रता कायम राखेका छन् । गुल्मी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधी सभामा बामगठबन्दनका तर्फबाट उम्मेदवार नेकपा एमालेका गोकर्ण बिष्टले नेपाली काँग्रेसका चन्द्र के.सीसँगको अग्रतालाई फराकिलो बनाउँदै लागेका छन् ।

शनिबार बेलुका ६:३० बजेको अप्डेट अनुसार बिष्टले २९ हजार ३ सय ५८ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र के.सी भने १७ हजार ३ सय
३२ मतका साथ १२ हजार २६ मतका साथ पछाडि छन् ।

उता क्षेत्र नं २ मा पनि बाम गठबन्दनकै तर्फबाट उम्मेदवार भनेका नेकपा एमालेका सचिब प्रदिप ज्ञवालिले आफ्नो अग्रता कायमै राखेका छन् । ज्ञवालीले शनिबार बिहान बेलुका ६:३० बजेसम्म २० हजार ४ सय ४२ मतका साथ नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई झन्डै ६ हजार मतले पछाडि पारेका छन् । भण्डारीले १४ हजार ४ सय ८४ मत ल्याएका छन् ।

गुल्मीमा प्रतिनिधीसभा तर्फ निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा एमालेका प्रदिप ज्ञवाली तथा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका चन्द्र के.सी र नेकपा एमालेका गोकर्ण बिष्ट चुनावी भिडन्तमा छन् । कांग्रेसका दुई चन्द्रलाई रा.प्र.पाको समर्थन छ भने एमालेका सचिबद्वय ज्ञवाली र बिष्टलाई माओवादी केन्द्र लगायतका बाम पार्टिहरुको समर्थन छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D