gulminews logo
मंगलवार, २०८१ बैशाख २५

जापानबाट फर्केका गुल्मीका पन्थ मध्यरातमा डान्सबारमा कुटिए, ५० हजार लुटियो

काठमाडौँ, माघ १९ । गुल्मी ईश्मा गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–२७ डिल्लीबजार बस्दै आएका २८ वर्षीय टपेन्द्र पन्थ २ महिनाअघि जापानबाट नेपाल आएका थिए । नेपाल आएका पन्थ साथीहरुसँग बेला–बेला रमाइलो गर्न भन्दै रात्रिकालिन समयमा दरबारमार्ग, ठमेल पुग्थे । सोही क्रममा पन्थ माघ १७ गते एक्लै रातोपुलस्थित अण्डरग्राउण्ड डान्सबारमा रमाइलो गर्न भन्दै निस्किए । डान्सबारमा पन्थले ३ वटा बियर खाए । तर, ३ वटा बियरको १२ हजार बिल आयो । पन्थले ३ वटा बियरको कसरी १२ हजार भन्दै डान्सबार सञ्चालकलाई प्रश्न गरे ? तर, उल्टै डान्सबार सञ्चालले पन्थलाई धम्क्याउन थाले । सामान्य विवादले उग्र रुप लियो । अलि–अलि नसा चढेका पन्थले १२ हजार तिर्न नसक्ने भन्दै अस्वीकार गरे ।

डान्सबार सञ्चालक हुन् जाजरकोट घर भई हाल रातोपुल बस्ने २४ वर्षीय गोपाल वटाला । गोपालले तत्कालै आफ्ना कर्मचारीको सहयोगमा पन्थलाई डान्सबारबाट १२ः३० बजे राती बाहिर निकाले । डान्सबारबाट सडकमा निकालिएका पन्थलाई उनीहरुले मिलेर मरणासन्ने हुने गरी पिटे । कुटपिट गर्नेमा थिए, ‘सिन्धुलि कमलामाई–६ घर भई हाल माकलवारी वस्ने अस्मिता दुनुवार, महेन्द्रनगर झलारी घरभई हाल रातोपुल वस्ने गणेश साउद, सिन्धुपाल्चोक साँगाचोक घर भई हाल एकतावस्ति वस्ने अनिता लामा र सिन्धुपाल्चोक वाह्रविसे–६ घर भई हाल जोरपाटी वस्ने सविन श्रेष्ठ ।’

पन्थलाई मरणासन्ने हुने गरी कुटपिट गरेपछि उनीहरुले ५० हजार र लगाएको ज्याकेट पनि खोसे । कुटपिटपछि पन्थले तत्कालै परिवारलाई फोन सम्पर्क गरे । परिवार तत्कालै घटनास्थलमा पुगे । लडिरहेको अवस्थामा पन्थलाई परिवारले राती १ बजे सडकमा भेटे । तत्कालै पन्थलाई परिवारले उपचारको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगे ।

कुटपिटबाट गम्भीर घाइते भएका पन्थको शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि रातरात ग्राण्डी अस्पतालमा रिफर गरियो । माघ १८ गते अर्थात भोलिपल्ट परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दिए । परिवारको जाहेरीको आधारमा प्रहरीले पाँचै जनालाई पक्राउ गर्न सफल भएको छ । परिवारको जाहेरीपछि कुटपिटमा संलग्न पाँचै जनालाई रातोपुलस्थित अन्डरग्राउण्ड डान्सबारबाटै माघ १८ गते राती पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पाँचै जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रातोपाटी डट कमबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D