gulminews logo
मंगलवार, २०८० चैत्र ६

जय बागेश्वरीबाट गुल्मीका कृषक ठगिए, केराले दिएन उत्पादन

मनोज कार्की
गुल्मी, १७ मंसिर । गुल्मीका कृषक एक एग्रिकल्चर कम्पनीद्धारा ठगिएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका कृषकलाई केराखेतीबाट मनग्य आम्दानी हुने भन्दै जय बागेश्वरी एग्रिकल्चर प्रा.लि नेपालगन्जले ठगेको पाइएको हो ।

माटो परिक्षणबिना नै गाउँ गाउँमा पसेर गत बर्ष भाद्र १ गाउँका कृषकहरुलाई बिरुवा बितरण गरेको थियो । कम्पनीले समुन्द्री सतह देखि १५ सय मिटर माथि केरा खेती राम्रो हुने र १२ देखि १५ महिनामा केराले राम्रो आम्दानी हुने प्रलोभन देखाएर बिरुवा बिक्रि गरेको स्थानियले बताएका छन् ।

१६ महिना बित्दा समेत दिएन केराले उत्पादन

कृषकल लगाएकोे केरा खेती १६ महिना बितिसक्दा आन्दानी त परैको कुरा हो रोपेको केरा पसाउने, कोसा लाउने छाटकाँट नै देखिएको छैन । केराबाट मनग्य आम्दानी गर्ने सपना बोकेका गुल्मी भाडगाउँका कृषकको सपना सपना मै सिमित भएको कृषक होम बहादुर कुवँरले बताए । कम्पनीले नेपालगन्ज स्थित आफ्नै नर्सरीबाट बिरुवा उत्पादन गर्ने, प्राबिधिक सहयोग गर्ने, गाउँमै बिरुवा उपलब्ध गराउने लगाएतका आश्वासन दिएको थियो ।

कृषकले केराखेतीको विषयमा बुझ्न खोज्दा फोन समेत उठाउँदैनन् उठाए पनी एक महिलाले को हो हजुर ? किन फोन गरेको ? म त चिन्दिन ? भन्ने महिलाको जवाफ आउने एक कृषले गुनासो गरे । कम्पनीले पुष महिनामा जेटिए कर्मचारी केरा खेतीको फिल्डमा पठाएको थियो । बिस्तारै उत्पादन नभएपछि कम्पनी नै सम्पर्क बिहिन भएको वडा सदस्य निर्मला कुवँरले जानकारी दिइन् ।

सदस्य निर्मला कुवँरले २ रोपनीमा १ सय ५० बिरुवा र ज्ञान बहादुर कुवँरले ३रोपनी जग्गामा २ सय ४० बिरुवा रोपेका थिए । प्रति बिरुवा १ सय ७० का दरले खरिद गरेका थिए । जय बागेश्वरी एग्रिकल्चर प्रा.लि नेपालगन्ज लाई फोन गरि गुल्मीन्युजले बुझ्न खोज्दा कर्मचारीले प्रमुखको नम्बरको दिएर तर्किन खोजेको पाईएको छ ।

वडा कार्यलयसँग कुनै समन्वय नगरी कृषकसँग कम्पनी पुगेर बिरुवा बितरण गरेको रेसुङ्गा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थम्मन बहादुर केसीले बताए । तत्काल कम्पनीलाई संपर्कमा ल्याई आबश्यक कारवाही गर्ने वडा अध्यक्ष केसीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D