gulminews logo
बिहीबार, २०८१ बैशाख ६

जन्मेको ठाउँ नै छायाँमा पर्छ भने मेरो एक परिवारको जीवनशैलीमा चमकको के अर्थ ?: ईन्जिनियर पाण्डेय

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतीक दलहरुदेखि तथा स्वतन्त्र उमेद्वार यतिबेला आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । यही सन्दर्भमा आज हामी नेकपा एमालेको तर्फबाट रेसुङ्गा नगरपालिका प्रमुख पदका उमेद्वार वरिष्ठ ईन्जिनियर तथा पूर्वाधारविज्ञ राजेन्द्रप्रसाद पाण्डेयसँग चुनावी विषयकेन्द्रितमा रहेर अन्तरवार्ता गरेका छौँ । प्रस्तुत छ पाण्डेयसँग गरिएको कुराकानीको संपादित अंश ।

स्थानीय सरकारको नेतृत्व गर्न अग्रसर हुनुभएको छ, मतदातामाझ के कस्ता योजना लिएर प्रस्तुत हुनुभएको छ ?

हेर्नुुस् म कुनै थप पद, प्रतिष्ठा वा व्यक्तिगत अर्थोपार्जनको लहडमा आएको होईन । राष्ट्रसेवाको लामो सीप, अनुभव तथा योगदानकै धरातलमा पनि मेरो अगाडि आकर्षक अवसरहरु थिए र छन् पनि । भनाईको तात्पर्य मेरो पृष्ठभूमिले पनि ती कुराहरुकै लागि म यसरी चुनावमै आउनुपर्ने थिएन । तर, पछिल्ला केही वर्षयता रेसुङ्गा नगरपालिका र खासगरी तम्घास बजार क्षेत्रको आर्थिक चहलपहलमा निकै कम भएको, बसाईसराईदर बढ्न पुगी यहाँको समग्र सेवाक्षेत्र, व्यवसायिक तथा आर्थिक प्रणाली नै मन्द गतिमा शिथिलतातर्फ गएको कुराले मलाई चसक्क छोएकै थियो ।

जब म जन्मेको ठाउँ नै छायाँमा पर्छ भने मेरो एक परिवारको जीवनशैलीमा प्राप्त गरेको चमकको के अर्थ ? यो कुराले मलाई असाध्यै पिरोलिरहेको थियो । त्यसैले अवकाशपूर्वदेखि नै मैले यस ठाउँको श्रीवृद्धिको लागि के, कसरी कति र कहिले गर्न सकिन्छ भन्ने हिसाबले सुक्ष्म ढङ्गले अध्ययन गरी केही योजना तयार पारेँ । सांगठनिक हिसाबले पहिलेदेखिनै कर्मचारी संगठनमा भएको हिसाबले ती योजनाहरुको स्पष्ट मोडल, लागत, समय, पूरा गर्ने आधार, स्रोत व्यवस्थापन लगायतका विषयहरुबारे पार्टीपङ्ति र विज्ञ समुहमा पनि पर्याप्त छलफल भयो । यसबीच मैले राष्ट्रसेवकबाट अवकाश पनि लिएँ र अबको पूरै समय यस रेसुङ्गा नगरको समुन्नतिमा सुम्पिने संकल्पसहित नेकपा एमालेको तर्फबाट प्रमुख पदको उमेद्वार बनेर आएको हो । मैले भनेका तीनै योजना हाम्रो प्रतिबद्धतामा समेटेर हामी मतदातामाझ पुगिरहेका छौँ ।

घरदैलो अभियानमै हुनुहुन्छ, कस्तो वातावरण बनिरहेको छ ? तपाइँका योजना र प्रतिबद्धताप्रति कस्ता प्रतिक्रिया दिएका छन् मतदाताले ?

एउटा कुरा मैले निकै सकरात्मक महशुस गरेँ त्यो के भने, मतदातामा चेतनाको स्तर म आफैले सोँचेभन्दा पनि धेरै राम्रो पाएँ । सायद पूरा गर्ने भरोसा भएरै होला उहाँहरु हामीसँग निकै जिज्ञासु भएर प्रस्तुत हुनुभएको छ । र धेरैको के पाईयो भने स्थानीय सरकार भनेको प्रत्यक्ष हाम्रा दैनिकीसँग जोडिएको संरचना हो, यसर्थ यसमा पुरै पार्टीगत रुपमा मात्र नभई उमेद्वारको क्षमता र योजना कार्यान्वयनको आधार खोजिरहेका छन् । हामी यो यो आधारमा यो काम यसरी गर्न सकिन्छ भन्ने आधारसहित प्रस्तुत भएकाले हामीप्रतिको विश्वास दिनानुदिन बढ्दो छ । फिल्डका सबैजसो कमरेडहरुको रिपोर्टिङ् पनि त्यही नै छ ।

तपाइँले अघि भनेका योजनाहरु मुख्य रुपमा के के हुन् ? संक्षेपमा बताइदिनोस् न ।

नेकपा एमालेले यसपटकको निर्वाचनमा रेसुङ्गा नगरपालिकालाई सेवाक्षेत्र तथा आर्थिक गतिविधी सघन बनाउँदै एउटा उदयीमान शहरका रुपमा विकास गर्ने मोडलमा जोड दिएको छ । त्यसका लागि सबैभन्दा पहिले त सडकमार्गलाई चुस्त बनाउनुपर्यो । जसका लागि बढीमा साढे दुई घण्टामा पूर्वपश्चिम राजमार्ग पुग्न सकिने गरी लुम्बिनी रेसुङ्गा ढोरपाटन मार्ग बनाउने भनेका छौँ । यसको स्टेप प्वाइन्ट रेसुङ्गालाई पार्ने गरी यो मार्गबनाउने हो । गेम चेन्जरका रुपमा स्थापना गरिने यस मार्गले रेसुङ्गाको पर्यटकीय गतिविधी गुणात्मक हुनुका साथै यहाँको सिँगो निर्यात प्रणालीमा नयाँ आयाम आउँछ । गुल्मीकै गौरवको आयोजना मझेङ् खानेपानी आयोजना लगायत उत्तराद्र्धमा रहेका सबै योजनालाई शीघ्र कार्यान्वयन गर्छौँ । नगरपालिकाका १४ वटै वडालाई उत्तिकै महत्व दिएर प्रत्येक वडाको एक पहिचान कायम राख्नेगरी उत्पादनका योजना कार्यान्वयन गर्ने र ती सबैलाई दीगो रोजगारीसँग जोड्नेगरी कार्यक्रम तय गरेका छौँ ।

गुल्मी अस्पताललाई विशेषज्ञ सेवासहितको विशेष सुविधासम्पन्न अस्पताल बनाउने काम शुरु भईसकेको यहाँलाई थाहै होला । अत्याधुनिक संरचना र विशेषज्ञ सेवा छिटो संचालनमा ल्याउन लागिपरेका छौँ । यसमा नगरपालिकाको विशेष सहयोग रहने कुरा स्मरण गराउन चाहन्छु ।

उता हाम्रो सीमाहाघाट देउलीकोटमा बाँध बाँधेर ड्याम्प बनाउने, भनेको त्यो एउटा मानवनिर्मित ताल, बन्छ । स्वीमिङ् पुल मनोरन्जनको गन्तव्य मात्र नभई त्यसबाट स्थानीय स्तरमा सिँचाईको प्रबन्ध पनि मिलाउने हो । बहुउपयोगी कन्सेप्ट लाई जोड दिईएको छ । यो पनि एउटा गौरवको आयोजना हो जसको डीपीआर अगाडि बढाईसकिएको छ ।

बम्जीजम्प लगायत साहसीक खेलमैदानदेखि युवामैत्री संरचनामा प्रत्यक्ष रुपमा जनसहभागिता जुटाउने हाम्रो धेय रहेको छ । जसका कारण हाम्रो ठाउँमा के चीज कुन उपादेयताले कस्तो खालको बनाउने कति खर्च लाग्ने त्यसलाई रोजगारीमा कसरी जोड्ने भन्ने कुरामा पारदर्शिता र जिम्मेवारीबोध हुन्छ ।

सेवाप्रवाह सजिलो बनाउने गरी डिजिटल एप्स को कुरा ल्याउनुभएको छ, कत्तिको संभव छ यो ?

तपाइंले उठाउन खोजेको इ गभर्ननेन्सको कुरा हो । मतलब नगरपालिकाको कर तिर्न, बिजुली पानी लगायतको बिल भुक्तानी मोबाईल एप्सबाटै गर्ने कुरा हो । म आफैले रेसुङ्गा नगरपालिकाभन्दा धेरै विकट ठाउँहरुमा पनि मोबाईल एप्सको थालनी गर्ने र समन्वय गर्ने कामको जानकारी लिएको छु । हामीकहाँ नसकिने भन्ने कुरै छैन, मानिसलाई टाढाटाढाबाट हिँडेर कार्यालय आउने फेरी घण्टौँ लाइनमा बस्ने दुख किन दिने ? जब हामी एकपटक सेट गरेको एप्समा सेवाग्राहीलाई जोडेपछि सबै काम घरैबाट गरिदन सकिन्छ । यसको सहजीकरणका लागि वडागत रुपमा विद्यालय, शिक्षक विद्यार्थी सामाजिक परिचालक लगायतलाई सहजकर्ताका रुपमा परिचालन गर्न सकिन्छ । तर एकपटक सिकिसकेपछि त्यस्तो समस्या आउँदैन त्यसको डिजाइन नै अति सरल तरिकाले गरेका छौँ ।

यो हामीले भनेको मेरो रेसुङ्गा एप्सको कुरा सरसर्ती सुन्दा बिल घरबाटै बुझाउन सकिने भन्ने मात्र बुझ्नु भएन तपाईँमार्फत म सबै आदरणीय नगरबासीहरुलाई के स्पष्ट पार्न चाहन्छु भने, यसबाट तपाईले लिन चाहेका सिफारिसपत्र जस्ता कार्यालयले दिने कागजात सिधै पाइने हो । त्यसको प्रोसेस घरै बसेर मोबाईलबाट गर्ने हो ।
सबै काम त्यस प्रणालीबाट तत्काल गर्न नसकिने अवस्था होला त्यसका लागि कार्यालय आईपुग्ने सेवाग्राहीलाई कसरी छिटो र सजिलो सेवा दिन सक्नुहुन्छ ?

सिस्टममा गईसकेपछि धेरै सेवाहरु त्यसैभित्रबाट गर्न सकिन्छ । तत्काल कार्यालयमा आउनुपर्ने थोरै प्रकृतिका कामका लागि असुविधा नहोस् भनेर नगरबासीको सजिलोका लागि नगरबस संचालनमा ल्याउँछौँ । सँगसँगै नगरपालिकाका सबै वडालाई परिक्रमा गर्ने गरी रेसुङ्गा चक्रपथ निर्माण गर्ने हाम्रो तयारी हो । सेवाग्राहीका काम छिटो गर्ने वातावरण मिलाउन कार्यालयमा नागरिक सहायता कक्षको भरपर्दो संरचना निर्माण गरी परिचालन गर्ने हो । सुशासनमा चुस्त र पूर्वाधारमा दुरुस्त प्रणाली आजको मुख्य आवश्यकता हा, म घमण्डका साथ नभई गर्वका साथ भन्छु त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।

तम्घासलाई शैक्षिक हवका रुपमा विकास गर्ने भन्नुभएको छ, त्यसका लागि के के योजना छन् ?

हेर्नुस शिक्षा मानव जिवनको निकै महत्वपूर्ण चिज हो । म आज जुन अवस्थामा छु यसको एउटा मात्र कारण शिक्षा नै हो । यसै कुरालाई मध्यजनर गर्दै रेसुङ्गा नगरलाई प्राबिधिक शिक्षाको शैक्षिक हवको रुपमा विकास गरि ईन्जिनियरिङ्ग, कृषि, भेटेनरी, स्वास्थ्य सम्बन्धीको उच्च शिक्षा तथा सामुदायिक बिद्यालयहरुमा गुणस्तर सुधार विस्तार तथा विश्वास दिलाउने गरि म रेसुङ्गा नगरलाई शैक्षिक हवको रुपमा विकास गर्न चाहन्छु ।

अत्यमा केहि छ की भन्नु पर्ने ?

धेरै कुराहरु त म भनिनै सके म फेरि पनि भन्छु की रेसुङ्गा नगरलाई साच्चिकै विकशित र समुन्नत बनाउन म यसपटक बिशेष योजनाका साथ आएको छु र नगरवासीले पनि निकै माया गरिरहनु भएको छ । सबैक्षेत्रबाट उत्साहपूर्ण सहयोग सदभाव रहेको यस सन्र्दभमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म लगायत मेरो सम्पूर्ण टिमलाई मतदान गरि विजयी बनाउन हुन हार्दिक अपिल गर्न चाहन्छु र मेरा कुरा राख्ने सु–अवसर प्रदान गरेकोमा तपाई र गुल्मिन्युजलाई धेरै धेरै धन्यवाद ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D