gulminews logo
शनिबार, २०८१ बैशाख ८

जनबोध नमुना मावीद्वारा ५ बर्षे गुरुयोजना निर्माण बारे बिज्ञहरुसँग छलफल

माधब ज्ञवाली
गुल्मी, साउन २३ । रुरुक्षेत्र गाउपालिका वडा न.४,५ मा अवस्थित देशकै नमुना बिधालयमा छनौट भएको जनबोध माध्यमिक बिधालय रानिवास गुल्मीमा ५ बर्षे गुरुयोजना निर्माण सम्बन्धि बिज्ञहरुसङ्ग छलफल गरिएको छ। केन्द्रबाट शिक्षाविद् टिकाराम खतिवडा र इन्जिनियर रेशौराज आचार्यको टोलि हिजो बिधालयमा छलफलको लागि आएको थियो, बिज्ञहरुको टोलिसङ्ग छलफल गरि ३ वटा महत्वपूर्ण निर्णय गरिएको बिधालयका प्रधानाध्यापक रामप्रसाद श्रेष्ठले जानकारी गराए ।

बिज्ञहरुको टोलिले बिधालयका भौतिक तथा अन्य संरचना निर्माणका लागि संरचना बनाइने स्थानको माटोको नमुना परिक्षण गरेको छ।त्यस्तै हालसालै मात्र यस बिधालयमा गाभिएको बलेचौर प्रा.वि र समग्र जनबोधको शैक्षिक ,भौतिक लगायत सबै पक्षको सर्वे पनि गरिएको उनले बताए ।
यता बिधालयको आवश्यकता र नमुना बिधालयको मापदण्डअनुसारका कार्यक्रम छनौट ,छलफल र प्राथमिकरणका आधारमा यसै आर्थिक बर्षबाट सुरु हुनेगरी ५ बर्षे गुरुयोजना निर्माण गर्ने निर्णय पनि बिज्ञहरुसङ्गको छलफलमा गरिएको छ।

सो कार्यक्रमको लागि साडे १ करोड बजेट केन्द्र सरकारले गाउपालिकामा पठाइसकेको र प्रत्यक बर्ष साडे १ करोडकै दरले ५ बर्षमा कम्तिमा साडे ७ करोड आउने र आवश्यक परेमा स्थानीय सरकार र प्रदेश सरकारले थप्ने पनि बिधालयका प्र.अ श्रेष्ठले बताए । यो बिधालय गत बर्ष असार महिनामा देशको नमुना बिधालयमा छनौट भएको थियो।

बि.स २०७४ सालबाट “कृषी “प्राविधिक शिक्षा पनि पठनपाठन हुँदै आएकोमा यस् बर्षदेखी कक्षा ११ को लागि शुद्ध बिज्ञान सङ्काय पठनपाठनको लागि पनि अनुमति पाइसकेको छ। विधालय ब्यवस्थापन समिती अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा गाउपालिका उपाध्यक्ष लक्ष्मी पन्थ प्रमुख अतिथि रहेका थिए । बिधालयका प्र.अ रामप्रसाद श्रेष्ठले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने रुरुक्षेत्र गाउपालिका सामाजिक बिकास संयोजक शेषनारायण पौडेल र बिज्ञहरु लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सहायक प्र.अ देविराम कुवरले गरेका थिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D