gulminews logo
बिहीबार, २०८१ बैशाख ६

जनतालाई ढाँटेर होइन, गल्ति महसुस गरेर अगाडि बढ्नेछौं: एमाले जिल्ला अध्यक्ष सापकोटा

कमल पौडेल
बडिगाड, ०९ असोज । नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जनतालाई ढाँटेर होइन, गल्ति महसुस गरेर अगाडि बढ्ने बताएका छन् । नेकपा एमाले बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई ग्वालीचौरमा सम्बोधन गर्दै अध्यक्ष सापकोटाले सो कुरा बताएका हुन् । त्यस्तै उनले कम्युनिष्ट आन्दोलन विभाजनवाट नभइ एकतावद्ध भएर मात्रै समाजवादमा पुग्ने आधार तयार हुने भन्दै टुटफुट विभाजनबाट पाठ सिक्दै एकतावद्ध हुन सवै कम्युनिष्ट विचार राख्नेहरुलाई आह्वान समेत गरेका छन् ।

नेकपा एमाले बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई ग्वालीचौरमा सम्बोधन गर्दै अध्यक्ष सापकोटाले नेकपा एमाले साना पार्टिहरुलाइ संगठित गर्दै एकतावद्ध भएरै ठूलो भएको भन्दै विभिन्न राजनैतिक दलहरुबाट आएका कार्यकर्ताहरुलाई कार्यक्षमताको आधारमा उचित जिम्मेवारी दिने बताए ।

गण्डकी प्रदेशको सांसद समेत रहेका सापकोटाले लोकतन्त्रमा राजनैतिक दलहरु कमजोर हुनु भनेको दुर्भाग्यपूर्ण भएको भन्दै अध्यादेश गलत भएको टिप्पणी गर्नुभयो। एमाले नेतृत्वको सरकारले गरेका लिपुलेक सहितको नेपालको नक्सा, चिनसँगको पारवाहन सम्झौता, थुप्रै भौतिक पूर्वाधार विकास लगाएतका कामको फेहरिस्त सहित, गर्न नसकेका कामको महसुस गर्दै जनतामा जाने बताए । “जनतालाई ढाँटेर होइन, गल्ति महसुस गरेर विश्वासका साथ अगाडि बढ्ने छौं”, सापकोटाले गुल्मीन्युजसँग भने, “पार्टि एकिकरण, विभाजन लगाएतका विषयमा उपयुक्त समयमा समिक्षा गर्नेछौं ।”

पार्टि एकिकरणपछि कार्यकर्तालाई सिद्धान्त पढाउन, सत्तामा पुगेका साथिहरुलाई गोरेटो देखाउन नसकेको स्वीकार गर्दै अध्यक्ष सापकोटाले आगामि दिनमा पार्टि पूर्ववतः ढंगले सञ्चालन हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हिरा केसिले एमालेलाई कमजोर बनाउन प्रतिक्रियावादीहरु निरन्तर लागिरहेको भन्दै त्यसका विरुद्ध एकतावद्ध भएर लड्ने विश्वास व्यक्त गरेका छन् । पार्टिभित्रको वहस, छलफल र संघर्ष पार्टिलाइ समुन्नत बनाउनको लागि भएको तर विभाजनको लागि नभएको भन्दै केसिले विभाजनमा साथ नदिन कार्यकर्तालाई आह्वान समेत गरे ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य प्रेम खरेल, जिल्ला कमिटि सचिव तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, जिल्ला कमिटि सदस्य तथा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, जिल्ला कमिटि सदस्य तिर्थमणि भुसाल, जिल्ला कमिटि सदस्य विना थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका सचिव कृष्ण भट्टराई लगाएतले मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रम नेकपा एमाले बडिगाड गाउँकमिटिका संयोजक गुणानिधि घिमिरेको अध्यक्षता, सहसंयोजक वसन्त थापाको स्वागत मन्तव्य तथा सचिव दिनेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । भेलाले प्रत्येक वडा तथा टोलमा भेलाहरु सञ्चालन गर्ने, पार्टि सदस्यता नविकरण गर्ने, संगठन विस्तारको अभियान सञ्चालन गर्ने लगाएतको निर्णयहरु गरेको छ। कार्यक्रममा विभिन्न राजनैतिक दल परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने नवप्रवेशिहरुलाई स्वागत गरिएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D