gulminews logo
शनिबार, २०८१ बैशाख ८

जग्गा देखाउन बोलाएर गुल्मीका एक जनाको ९ लाख रुपैँया लुटियो

अप्डेट: ९ लाख रुपैयाँ लूट प्रकरणमा नयाँ तथ्य: डलर छ भनेको झोलाभित्र कागजका बिटा मात्र

गुल्मी, फाल्गुन ३० । चितवनको खैरहनीमा गुल्मीका एक जनाको ९ लाख रुपैयाँ लुटपाट भएको छ । शुक्रबार दिउँसो आफ्नो ९ लाख रुपैयाँ लुटपाट भएको भन्दै गुल्मीका नारायण घर्ती मगरको प्रहरीमा उजुरी परेको ईकान्तिपुर डट कमले खबर छापेको छ । खैरहनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि घर्ती मगरका अनुसार जग्गा देखाउन भन्दै लगेका व्यक्तिहरुले नगद लुटेर भागेको पीडितले बताएका छन् ।

‘उहाँहरु जग्गा किन्‍न भन्दै आउनुभएको रहेछ । साथमा १८ लाख रुपैयाँ रहेछ । जग्गा देखाउन भनेर लगेका व्यक्तिहरुले ९ लाख रुपैयाँ लुटेर भागेको हामीलाई बताउनु भएको छ,’ प्रहरी निरीक्षक घर्तीमगरले भने।

गुल्मी सत्यवतीका नारायण घर्तीमगरले आफू लुटिएको उजुरी गरेपछि खैरहनी इलाका प्रहरी कार्यालयले सोधखोज र अनुसन्धान सुरु गरेको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एकनारायण कोइरालाले जानकारी दिए।

पर्सा मगनी चोक भित्र जग्गा देखाउन भन्दै उनीहरुले लगेको पीडित नारायण घर्ती मगरले प्रहरीलाई बताएका छन् । नारायणसँग अन्य एकजना पनि थिए। जग्गा देखाउनेहरु पनि मोटरसाइकलमा आएका थिए। ‘पैसा लुटेर मोटरसाइकलमै भागेको भन्‍नु भएको छ। हामी सबै कुरा बुझ्दै छौं’ प्रहरी निरीक्षक ऋषि घर्ती मगरले भने।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D