gulminews logo
शनिबार, २०८१ बैशाख १५

जंगली च्याउ खाँदा आमा र छोरीको ज्यान गयो

अर्घाखाँची, बैशाख २५ । जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका ६ खिल्जी निवासी ३२ वर्षीय रामकला महत्रा र उनकी सात वर्षीया छोरी बिपाको ज्यान गएको छ । सोही परिवारका दुई जना सिकिस्त बिरामी परेका छन् ।

घर नजिकै जंगलबाट ल्याएको च्याउ खाँदा रामकला महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा २१ गते शनिबार राति मृत्यु भएको थियो भने उनकी छोरी बिपाको पनि उपचारको क्रममा लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी भएकी मृतक महत्राकी सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्राको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ।

बैशाख १७ गते दिउसो जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा स्वास्थ्यमा सामान्य समस्या आएपछि बैशाख १८ गते स्थानीय मेडिकलमा उपचार गरेका थिए। पुस १९ गते राती च्याउ खाएका सबैमा स्वास्थ्य समस्या देखिएको थियो । लगातार पखाला र बान्ता चलेपछि उनीहरुलाई शनिबार बिहान सन्धिखर्क अस्पतालमा ल्याईएको थियो। त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारका लागि बुटवल रिफर गरेको थियो।

मृतक रामकलाका ससुरा डोमबहादुरले च्याउ नखाएको पाइएको छ। ‘जंगलको च्याउ नखान भन्दा परिवारले नमानी खाएपछि बिरामी परेको’ ससुरा डोमबहादुरले बताए। मृतक बिपा महत्राको शवको मंगलबार पोष्टमार्टम गरी प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D