छत्रकोटमा रामप्रसाद पाण्डे अध्यक्ष र सावित्रा ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाउने एमालेको निर्णय

अमर पन्थ
बैशाख ११, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी एमालेले छत्रकोट गाउँपालिकाको अध्यक्ष पदमा रामप्रसाद पाण्डेलाई उम्मेदवार चयन गरेको छ । एमाले छत्रकोट सहइन्चार्ज तथा जिल्ला कमिटी सदस्य रहेका पाण्डेलाई सर्वसम्मत रुपमा अध्यक्ष पदको उम्मेदवार चुनिएको जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो ।

पाण्डेको उमेद्वारी भोलि सोमबार निर्वाचन कार्यालयमा दर्ता गर्ने तयारी भइरहेको छ । राजनीतीसँगै व्यवसायिक पृष्ठभूमिमार्फत परिचित उहाँले यसअघि नै आफु नेतृत्वमा आए सबै क्षेत्रमा नयाँपनको महशुस हुनेगरी सुशासन, तथा विकास प्रक्रिया पूर्ण पारदर्शी र जनमैत्री बनाउने बताउँदै आउनुभएको छ ।

लामो समय नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय राजनीती गरेका पाण्डे छत्रकोट ५ मानकोटका युवा नेता हुनुहुन्छ । केहीमहिना पहिले नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका पाण्डे स्थानीय निर्वाचन २०७४ मा छत्रकोट गाउँपालिकाको उपाध्यक्षका उमेदवार समेत हुनुहुन्छ ।

यस्तै एमालेले छत्रकोट गाउँपालिका उपाध्यक्षमा सावित्रा ज्ञवालीलाई उमेदवार बनाएको छ । लामो समय शिक्षण पेशामा आबद्ध रहेकी ज्ञवालीले हालै स्वेच्छिक अवकास लिनुभएको हो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D