gulminews logo
बिहीबार, २०८१ बैशाख १३

चितुवाको छाला सहित गुल्मीका बिष्णु लगायत ४ जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका-३ र बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारको सिमानामा रहेको पूर्व पश्चिम गेष्ट हाउसबाट चितुवाको जस्तो देखिने २ थान छाला, चितुवाको टाउको जस्तो देखिने १ थान खप्पर र ४ थान मोबाइल सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका-७ छाप बस्ने ३५ वर्षीय बिष्णु सुनार, भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने ओखलढुङ्गा खिजिघोम्बा गाउँपालिका-९ घर भएका २९ वर्षीय फुरी शेर्पा, भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने धादिङ गजुरी गाउँपालिका-५ घर भएका २४ वर्षीय बिनोद श्रेष्ठ र ललितपुर पाटन बस्ने सिन्धुली कमलामाई नगरपालिका-४ हिरापानी घर भएका ३० वर्षीय बिकास पुर्कुटी रहेका छन् ।

उक्त गेष्ट हाउसमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र बोराले बेरी राखेको अवस्थामा उक्त छाला र खप्पर फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आइतबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D