gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

चार जनाको गिरोह सहित बुटवलमा २५ किलो चरेस वरामद

प्रेम सुनार

बुटवल, मंसिरमा १६ । प्रहरीको प्रदेश ५ कार्यालय दाङ्ग तुल्सीपुरबाट खटिएको विशेष प्रहरी ब्युरो र बुटवल ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गएराती ठुलो परिमाणमा बुटवलबाट अवैध लागु औषध चरेस वरामद गर्नुका साथ त्यसको कारोवारमा संलग्न चार जनाको गिरोहलाई पनि पक्राउ गरेको छ ।

टोलीले बुटवल उमपमहानगरपालिका–९ स्थित ईटाभट्टीको एक घरमा छापा मारी चार जनाको साथमा रहेको संख्यामा ५० लाप्सा र तौलमा २५ किलो चरेस वरामद गरेको हो ।

ईलका प्रहरी कार्यालय बुटवलबाट सम्प्रेषित जानकारी अनुसार जाजरकोट जिल्ला खलङ्गा–९ का ४४ बर्षिय तिलक पुनको साथबाट १२ लाप्सा चरेस पक्राउ गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्वर ११ का ४० बर्षिय दिपेन्द्र घर्तिको साथ बाट १२ लाप्सा , जाजरकोट जिल्ला वारीकोट गाउँपालिका–१ का २८ बर्षिय टोपेन्द्र बोहराबाट १२ लाप्सा र सोही जिल्ला नल्गा गाउँपालिका २ का २८ बर्षिय प्रेम बिकबाट १४ लाप्सा गरी ५० लाप्सा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त चरेस प्रहरीले तौल गर्दा २५ किलो रहेको छ । बुटवल एरियामा चरेसको कारोवार हुँदै छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले छापा मारे उक्त लागु औषध वरामद गरी ती चारै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुटवलमा थप अनुसन्धान भई रहेको त्यहाँका प्रहरी निरीक्षक कृष्ण भट्टराईले जानकारी दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D