gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्

आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसलाई दिएर इतिहासमा अमर भए ।

उनी महान् शिक्षक पनि थिए । उनका केही कुरा जो सयौं वर्ष पहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यति नै सान्दर्भिक छन् ।

पढ्नुस्, चाणक्यकाअनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुरा ः

१. चाणक्य भन्छन–धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरुको उसको सम्मान गर्न छाड्छन । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।

२. आचार्य चाणक्यकाअनुसार यदिमा मनका केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नु हुँदैंन । किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुन सक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

३. पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।

४. भनिन्छ–ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रुपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । आचार्य चाणक्यको भनाइ छ–जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनु हुँदैंन ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D