gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

चर्चा पाउँदै गुल्मेली सर्जकको पञ्चेबाजाको गीत ‘मालिकामा टल्क्यो गजुर’ (भिडियो सहित)

गुल्मी, बैशाख १० । गुल्मेली सर्जक कृष्ण गौतमको नयाँ पञ्चेबाजा गीत सार्वजनिक भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ६ गुल्मीमा जन्मिएर वैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहेका कृष्ण गौतमको ‘मालिकामा टल्क्यो गजुर’ बोलको पञ्चेबाजा गीत चैते दशैंको अघिल्लो दिन सार्वजनिक भएको हो ।

गुल्मीको मुसिकोट नगरपालिका, वडा नम्बर ६, कुर्घामा जन्म भई हाल वैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहनु भएका सर्जक कृष्ण गौतमको मालिकामा टल्क्यो गजुर नामक मौलिक पन्चेबाजाको गीत कृष्ण गाैतम युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ। यस गीतको थेगो मौसम अर्यालको रहेको छ भने शब्द संयोजन गणेश अधिकारीले गर्नुभएको हो। लय तथा संगीत संयोजन कृष्ण गौतमले गर्नुभएको हो।

मालिकामा टल्क्यो गजुर बोलको मौलिक पन्चेबाजाको गीतमा कृष्ण गाैतम र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने ओवी रायमाझी, शोना घिमिरे, रामु गौतम र वर्षा गौतमको मुख्य अभिनय रहेको छ।
उक्त गीतको म्युजिक भिडियाेमा मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न धार्मिक एवं पर्यटकिय स्थलहरुको दृश्य देखाइएकाे छ। मालिकामा टल्क्यो गजुर गीत निर्माणको लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कृष्ण गौतम र रामु गौतमको परिवारले गरेका हुन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D