gulminews logo
आईतवार, २०८१ बैशाख २३

चन्द्र भण्डारीले यो दशैं पनि माझी बस्तीमा मनाउने

गुल्मी । गतबर्षको गुल्मी बलिथुम गाबिसको बोटे माझी बस्तीमा दशैं मनाएका काँग्रेस नेता चन्द्र भण्डारी यो पटक पनि दशैं मनाउन सिमान्तकृत बोटे माझी बस्ती र दलित बस्ती पुग्ने भएका छन्। गत बर्ष आफूहरुसँगै दशै मनाउन आएका नेता चन्द्र भण्डारी यो पटक पनि आफ्नो बस्तीमा आउने जानकारी पाएपछि बोटे माझी समुदायमा खुसी छाएको छ।

दशैं मनाउन भण्डारी सहयोगी कार्यकर्ताहरुका साथमा विपन्न बोटे माझी र दलित बस्ती पुग्दै छन्। गत बर्ष बडादशैको टिकाको दिन उनले बोटे माझी समुदायका झण्डै ६ सय जनासँगै दशैं मनाएका थिए । कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर दुईका सांसद भण्डारीले समुदायमै खानपिन गर्नुका साथै स्थानिय बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम लिएर गुल्मी गएका हुन्।

chandra_bhandariगत बर्ष दशैं टीका कार्यक्रममा स्थानीय बोटे माझी समुदाय सहित अन्य विभिन्न समुदायका नागरिकको मुहारमा देखिएको खुशीयालीले उत्पन्न गराएको सन्तोष र आनन्दले यसपटक पनि सिमान्तकृत र विपन्न परिवारहरुमा दशैं मनाउने गएको भण्डारीका एक सहयोगीले बताए। दशैं मनाउन भण्डारी घटस्थापनाको भोलिपल्ट गुल्मी पुग्नेगरि काठमाडौंबाट गएका छन्। विपन्न परिवारको घरमा दशैको खुशी थपेर भाइचाराको नयाँ संस्कृति सुरुवात गर्ने प्रयासमा उनी लागिपरेको पत्रकार अमृत अधिकारी बताउँछन्।

दशैंका अवसरमा यस बर्ष घर नभएका गुल्मीका विपन्न परिवारका करिव ३ सय घर बनाउने दशैं कोशेली लिएर भण्डारी गाउँ प्रवेश गर्दैछन्। यसबाट बोटे माझी, कुमाल र दलित परिवार लाभान्वित हुने भण्डारीको सचिवालयले जनाएको छ। ‘ यो मेरो तर्फबाट विपन्नहरुका लागि दशै उपहार हो,’ भण्डारीले हाम्राकुरासँग कुरा गर्दै भने, ‘ अब गुल्मीका विपन्नहरुले घरवारविहिन हुनुपर्ने छैन।’ गत साल उनले बोटे माझी समुदायको ११५ घर बनाउने कामको नेतृत्व गरेका थिए।

गुल्मीको हुँगा गाविसका स्थायी बासिन्दा भण्डारीले संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएदेखि नै झण्डै एक दर्जन विद्यालयलाई प्रति विद्यालय बार्षिक २० हजार रुपैया बराबरको शैक्षिक सामग्री र २० हजार रुपैया नगद दिदै आएका छन् ।

त्यसैगरी जिल्लाका २ सय जना विद्यार्थीलाई शैक्षिक शुल्क, व्यक्तिगत खर्च रकम गरी प्रत्येकलाई बार्षिक रुपमा झण्डै बीस हजारको दरले सहयोग प्रदान गर्दै आएका छन् । काठमाडौंमा १५ जनालाई शैक्षिक शुल्क व्यवस्था गरेका भण्डारीले, १० जना विद्यार्थीको आवासिय सुविधा सहितको निःशुल्क पढाईको व्यवस्था गर्दै आएका छन्। सहयोग गर्दा व्यक्तिको राजनीतिक आस्था नहेरी घरायसी अवस्था हेरेर गर्ने गरेको कुरा गुल्मीमा प्रशंसित छ।

भण्डारीले अछामदेखि रामेछापसम्मका आर्थिक रुपमा कमजोर र प्रतिभाशाली वालवालिकालाई समेत सहयोग उपलव्ध गराउँदै आएका छन्।

नेताहरुले जनताको अभिभावको भूमिका निर्वाह गर्न नसक्दा जनता दुखित हुँदै गएको बुझाइ राख्ने भण्डारी आफ्ना जिल्लाका नागरिकसँग सहकार्य गर्दै जिल्लाको विकास गर्ने नेताका रुपमा अव्वल सावित भएको स्थानियहरु बताउँछन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D