चन्द्रकोट ८ तुराङको १५१० मत गन्दा कस्ले कती पाए ? हेर्नुस्:

गुल्मीन्युज
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ८ को वडाध्यक्ष पदमा एमाले र गठबन्दनका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा भएको छ । भर्खरै सम्पन्न स्थानिय निर्वाचन २०७९ को मतगणनामा १ हजार ५ सय १० मत गन्दा सम्म नेकपाका एमालेका उम्मेदवार लक्ष्मी लक्ष्मी गौतम र गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका फणीन्द्रराज अर्याल बिच जम्मा १ सय ६९ मतको अन्तर रहेको छ ।

१ हजार ५ सत १० मत गनिसक्दा गठबन्दनका अर्यालले नेकपा एमालेका गौतमलाई १ सय ६९ मतले पछी पार्दै आफ्नो अग्रता कायमै राखेका छन् । गठबन्दनका साझा उम्मेदवार नेपाली कांग्रेसका फणीन्द्रराज अर्यालले ८ सय १० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी गौतमले ६ सय ४१ मत प्राप्त गरेका छन् ।

गठबन्धन तर्फका उम्मेदवारहरु तर्फ महिला सदस्यमा बिष्णुमाया सापकोटाले ७९६ , दलित महिला सदस्यमा कौशिला बिकले ७९१, खुला सदस्यमा चन्द्र बस्नेतले ८१३ र अर्का खुला सदस्यमा बाबुराम बोहोराले ७४६ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवाहरुले महिला सदस्यमा रेनुका श्रीसले ६४८, दलित महिला सदस्यमा हिमा नेपालीले ६४९, खुला सदस्यमा कमल अर्यालले ६१३ मत र अर्का खुला सदस्य चिन्तामणी नेपालीले ६१० मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D