हुमाकान्त पोखरेल
गुल्मी, ३० वैशाख । चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ ।
गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम खरेल निर्वाचित भएका छन् । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत ल्याएका छन् ।
खरेल माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।