चन्द्रकोटमा गठबन्धनका के.सी एमालेका बस्नेत भन्दा दोबर मतले अगाडि, झन्डै ७५०० मत गनियो

विवेक क्षत्री
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार युबराज के.सीले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लागेका छन् । गठबन्दनका साझा उम्मेदवार मओबादी एकीकृतका के.सीले २ हजार २ सय ४० मतको अग्रता लिएका छन् ।

पछील्लो अप्डेट अनुसार ७ हजार ४ सय ४२ मत गनिसक्दा के.सीले ४ हजार ४ सय २९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले २ हजार १ सय ८९ मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा गठबन्धनकै बिष्णु प्रसाद भण्डारीले अग्रता लिएका छन् । नेपाली कांग्रेसका भण्डारीले रुख चिन्हमा ३ हजार ८ सय १६ मत ल्याएका छन् । भण्डारीका निकटतम प्रतिद्वन्दी एमालेकी राधिका अर्यालले २ हजार ६ सय ५९ मतका साथ भण्डारीलाई पछ्याईरहेकी छन् ।

त्यस्तै मंगोल नेशनल अर्गानाईजेसनका उम्म्मेदवार कर्ण थापाले अध्यक्षमा १ सय २८ मत ल्याएका छन् भने उपाध्यक्षमा रितु सार्कीले १२६ मत प्राप्त्य गरेकी छन् ।
स्वतन्त्र उम्मेदवार सुरेश परियारले जम्मा २ मत पाएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D