gulminews logo
शनिबार, २०८१ बैशाख १५

चन्दा बोल कार्यक्रमबाटै त्रिभुवन माविले जुटायो २४ लाख आर्थिक सहयोग

कौरव खत्री
गुल्मी, २५ पौष । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयले चन्दा बोल कार्यक्रमबाटै आर्थिक सहयोग रकम जुटाएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ अन्तर्गत कुर्घाको भुवाचिदिमा रहेको उक्क्त विद्यालयले आफ्नो ५० औ जन्मजयन्ती तथा स्वर्ण महोत्सवको पूर्व सन्ध्यामा चन्दा बोल कार्यक्रमको आयोजना मार्फत विद्यालयले झण्डै २४ लाख बोल रकम संकलन गरेको हो ।

उक्क्त चन्दा बोल कार्यक्रमबाट विद्यालयको लागि विभिन्न व्यक्तिहरुद्धारा कुल २३ लाख, २७ हजार, ९ सय, ८० बराबरको चन्दा संकलन जुटेको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । विद्यालयले अगामी फाल्गुन १ देखि ५ गते सम्म विविध कार्यक्रमहरु सहित स्वर्ण महोत्सव मनाउन गइरहेको छ ।

साथै शिक्षक रायमाझीले भन्नुभयो, शूरुवातमै विद्यालयलाई राम्रो सहयोग हुदै आएकोले क्रमिक रुपमा चन्दा रकम थपिदै गएकोले सहयोग गर्ने सहयोगीहरुप्रति विद्यालयले धन्यवाद दिदै विद्यालयको लागि आफू सक्दो सहयोग गरिदिन शिक्षक रायमाझीले आग्रह गर्नुभयो । रासस

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D