Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गोरु काण्ड फलोअप: इस्मा हत्याकाण्डमा खुल्न बाँकि दुई तथ्य - Gulminews

गोरु काण्ड फलोअप: इस्मा हत्याकाण्डमा खुल्न बाँकि दुई तथ्य

हुमाकान्त पोखरेल
गुल्मी, २५ पौष । पौष १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमार, गुहार ! गुहार !’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । उनको मन भावविहाल भयो । मसुराले सबभन्दा पहिले घरभित्र रहेकी कान्छी बुहारी देविलाई बोलाईन् ।

त्यसपछि गाउँका सबै मान्छे जम्मा भए । गोठमा गोरु फुकेको र गोरु बाँध्ने ठाउँपछाडी उनी लडेकोले केहिले गोरुले हानेर लडेको अड्कल गरे । तर धेरैले यो कुरा पत्याएनन् । मसुराको उपचार तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो । पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर गरियो । तर बुटबल लैजाने रकम अभाव भयो । परिवारले कौशिलालाई पुन तम्घास ल्याए । अन्तत: भाडा उठाएर भएपनि बुटबल लैजाने भनियो तर कौशिलाको ज्यान गयो । ‘चिच्याएको सुनेपछि म आएँ, रक्ताम्य अवस्थामा लड्नुभएको थियो ।’ मसुराले भनिन्, ‘गोरुले हानेको भनेपनि अवस्था त्यस्तो थिएन ।’

यसरी भयो हत्या
सोहि दिन दिउँसो । तत्कालिन घाइते र हाल मृतक भनिएकी कौशिलाकी आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको हत्या गर्ने र गहना लुट्ने योजना बनाउँछन् । योजनाअनुसार लक्ष्मीले गोरु फुकाईन् र चिर्पट दाउरो लिएर लुकेर बसिन् । देवीले गोरु फुकेको जानकारी सासुलाई गराउँछिन् । फुकेको गोरु समाउन कौशिला जाँदा चिर्पट दाउराले हानेर भुँइमा लडाउँछिन् । देवीले चाँहि कोहि मानिस आउलाकी भनेर बाटोतिर हेर्छिन । कोहि नआएपछि उनीहरुलाई पनि गहना लुट्ने समय मिल्यो । अनि बुलाँकी, मडाउरी लगायतका गहना दुवै मिलेर लुट्छन् । कौशिलाको ज्यान गएको ठहरपछि लक्ष्मी आफ्नै घरतिर लाग्छिन् भने देवी थाहा नपाएझै गरी घरभित्र बस्छिन् । अन्तत: देवीलाई पनि छिमेकी मसुराले खबर गरेपछि मात्र उनले सासु लडेको देखेको नाटक गरेको प्रहरीको बयानमा बताएकी छिन् ।

गहना लुट्दा सासूको ज्यान गयो
कौशिलाले गहनाको रुपमा नाकमा बुलाकी र दुईवटा कानमा दुई माडवारी लगाएकी थिइन् । आफ्नै बुहारी लक्ष्मीसँग पनि उनको बेलाबेलामा झगडा परिरहन्थ्यो । गत ७ बर्ष पहिले पनि देवीले सासु–ससुराको खानामा विष राखेर पकाएकी थिइन् । संयोगले बिरामी परेपनि त्यत्तिबेला उनीहरु बाँचे । त्यो बेलादेखि नै देवी सासु–ससुरासँग एउटै घरमा छुट्टिएर बसेकी थिइन् । केहि महिना पहिले पनि देवीले सासुलाई हानेर लडाएको छिमेकी बताउँछन् । त्यत्तिमात्र होइन्, सासु–बुहारीको झगडा, सामान्य आगलागी जस्ता विषय कौशिला र देवीको घरमा सामान्य जस्तै भएको स्थानीय बताउँछन् ।

मुख्य कारण मदिरा
इस्मा गाउँपालिका जिल्लाकै अत्याधिक घरेलु मदिरा उत्पादन र विक्रि हुने क्षेत्रका रुपमा चिनिन्छ । स्थानीय तह गठनपश्चात केहि कमि भएपनि समाजमा मदिरा उपभोग गर्ने भने घटेका छैनन् । महिला, पुरुष वा बृद्ध । अधिकाशं कुमाल र दलित तथा अन्य जातिले पनि मदिरा सेवन गर्ने गरेको पाइएको छ । मृतक कौशिलाकी जेठाजुकी बुहारी लक्ष्मी पनि मदिराबाट अछुतो छैनन् । उनको ससुराको पेन्सन् छ । जसबाट उनीसहित उनका ससुरा र लक्ष्मीका श्रीमान अजयले पनि मदिरा सेवन गर्छन । श्रीमान अजय टिबी रोगी हुन् । लक्ष्मीले पनि मदिरा सेवन गरेको बेला उग्र स्वभावको व्यवहार गर्ने छिमेकी बताउँछन् । घटना घट्ने दिन पनि लक्ष्मीले मदिरा सेवन गरेकी हुन्छिन् । जसले गर्दा सासुको हत्या गरी गहना लुट्ने योजना निर्माणमा मदिराले साथ दिएको वडाध्यक्ष तोयनाथ सापकोटाले बताए ।

खुल्नबाँकि दुई तथ्य

घटना घटेको एक साता पुग्न आटिँसक्यो । घटनाको प्रकृति, पहिलेदेखि नै सासु–बुहारीको पारिवारिक विचलन तथा शेर बहादुरको उजुरीको आधारमा प्रहरीले दुई बुहारी प्रक्राउ ग¥र्यो । तर अझै केहि तथ्यहरु खुल्न बाँकि रहेका छन् ।
१. घटना घटेको केहि दिनपछि मात्र गहना भेटिनु: घटना पुस १७ गते घट्यो । गहना पनि उतिबेलै चोरी भयो । तर चोरी भएको गहना केहि दिनपछि बल्ल फेला प¥र्यो । त्यो पनि गोबरको गुइठाँले आधा पुरीएको र आधा बाहिर देखिने गरी । यदि कसैले गुइठा कुल्चेको वा मिचेको भएपनि वा गहनाको पुरै भाग गुइठामुनी लुकाईएको भएपनि ति गहना फेला पर्ने थिएनन् । अर्को कुरा बुहारीहरुले नै हत्या गरेको भए गहना घरमा नलगी किन गोबरमुनी राखे त ? अनि गुइठाँमुनी गहना कसले त्यसरी मिलाएर राख्यो ?
२. गोरुको सिङमा रातो रङ: घटना घटेको केहि दिनपछि गोरुको सिङको फेदमा रगतको नमुनाको रुपमा रातो रङ लगाइएको छ । यदि गोरुले नै हानेको भए रगत सिङको टुप्पोमा लाग्नुपर्ने, अनि यतिका दिनसम्म रगत मेटिनुपर्ने । सिङमा लगाएको त्यो रङ रगत नभई महिलाहरुले हातको नङमा प्रयोग गर्ने नङपालिस हो । प्रारम्भिक अनुमानमा घटना लुकाउन र गोरुले नै हानेर निधन भएको गराउन रङ लगाइएको अनुमान छ । तर आरोपितहरुले गल्ति स्वीकार गरिसकेको अवस्थामा घटना लुकाउने अवस्थामा छैन । तर गोरुको सिङमा नङपालिसको रङ कसले र किन लगायो ? उत्तर आउन बाँकि यी दुई प्रश्नहरुले पनि यो घटनामा दुई बुहारीबाहेक अन्य व्यक्तिको पनि संलग्नता छ कि भन्ने आशंका गर्न सकिन्छ ।

घाइते सासुलाई लिएर उनकी आफ्नै बुहारी देवी पनि उपचारको लागि तम्घास आएकी थिइन् । अस्पतालमा उनले गोरुले हानेको भनेपनि त्यो डाक्टर र अन्य कसैले पत्याएनन् । अनि स्थानीय र प्रहरीले उनै देवीलाई निगरानिमा राखे । पहिले पहिले पनि धेरै घटना हुने गरेको, सासुबुहारीको झगडा परेको जस्ता कारणले प्रहरीले देवीमाथि शंका ग¥र्यो र छानविन प्रक्रिया अगाडी बढायो । त्यसैक्रममा मृतक कौशिलाका श्रीमान शेर बहादुरले घटनाको सम्बन्धमा सत्यतथ्य छानविन गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय, गुल्मीमा उजुरी दिए । देवीको बयानको क्रममा लक्ष्मीको पनि नाम जोडिन आएपछि प्रहरीले लक्ष्मीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गर्ने बाटो खुल्यो । अनुसन्धान गर्दै जाँदा घाइतेसँगै आएकी उनकी बुहारी देवी र लक्ष्मीका कुरा बाँझिए । प्रहरीले दुवैजनालाई शंकाको घेरामा राख्यो । शेरबहादुरले पनि दुवै बुहारीका विरुद्ध प्रहरी कार्यालयमै किटानी जाहेरी दिए । त्यसैको आधारमा प्रहरीले पौष २० गते दुई बुहारी देवी र लक्ष्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए ।

बढ्दै कर्तव्य ज्यानका मुद्धा
पछिल्लो समय गुल्मीमा कर्तव्य ज्यान मुद्धाका घटनाहरु बढ्दै गएका छन् । यो आर्थिक बर्षमा मात्रै जिल्लामा पाचँ वटा कर्तव्य ज्यान मुद्धाका घटनाबाट सात जनाले ज्यान गुमाए । जसमा दुई बालबालिका, दुई महिला र तीनजना पुरुष रहेका छन् । नेपाल प्रहरीले अनुसन्धानमा आफुलाई अब्बल मान्दै आएको छ । तर प्रहरी अब्बल रहेपनि घटनामा भने कुनै कमि आएको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D