गैंडाको खाग र सालकको खपटासहित गुल्मीका सुमन र अन्य ३ जना पक्राउ

काठमाडौँ, २७ असार । काठमाडौं प्रहरीले सालकको खपटा र गैंडाको खागसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नुवाकोट ककनीका राजन घिमिरे र सोही स्थानका मानबहादुर थापालाई सोमबार साँझ सालकको खपडासहित पक्राउ गरेको हो ।

बा ७९ प १७०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्ने क्रममा मानबहादुर लगाएको वर्षादीभित्र सेतो कपडाले बेरेर ल्याएको अवस्थामा सालकको १०५ ग्राम खपटा बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि अहिले प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाउने तयारी छ ।

यसैबीच, काठमाडौंको सुकेधाराबाट प्रहरीले गैडाको खागसहित २ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गा मोलङ्ग गाउँपालिका–२ का टेकराज वयलकोटी र गुल्मी धुर्कोट गाउँपालिका २ का २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ