gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

गेष्टहाउसको तेस्रो तलाबाट वेटरलाई फाल्ने गुल्मीका अर्याल सहित ३ जना पक्राउ

काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ वर्षीय विवेक सोनाम सुनारलाई गेष्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा गुल्मीका एक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी मालिका गाउँपालिका-८ स्थाई घर भई काठमाडौं सानोभर्याङ बस्ने १७ वर्षीय सविन अर्याल, काठमाडौं महानगरपालिका-१४ खड्का गाउँ बस्ने मकवानपुर दशहरा गाउँपालिका-४ घर भएका १८ वर्षीय विनय वाइबा लामा र काठमाडौं नैकाप बस्ने रामेछाप गुन्छी मदौरे घर भएका १८ वर्षीय निशान धमला रहेका छन् ।

गेष्ट हाउसमा उनीहरु समेत ५ जना बसिरहेको अवस्थामा सोमबार राति खाना पुर्याउन जाँदा खानाको विषयलाई लिएर विवाद हुँदा उनीहरुले विवेकलाई झ्यालबाट तल फालेर तत्काल फरार भएका थिए । घाइते विवेकलाई तत्काल उपचारको लागि शहिद मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल लगिएको छ ।

घटनापश्चात फरार व्यक्तिहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा फेला पारी फरारमध्ये ३ जनालाई मंगलबार राति पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D