gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मेली प्राध्यापक थापालाई “ह्युमन राईट्स हिरो” सम्मान

काठमाण्डौ, बैशाख १० । मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सकृय रहंदै आउनुभएका गुल्मेली युवा प्राध्यपक बैकुण्ठ थापा ह्युमन राईट्स हिरो २०१९ बाट सम्मानित हुनुभएको छ ।

यो पनि पढ्नुस्: समाजशास्त्रका डिग्री होल्डर सर्टिफिकेट थन्काएर तम्घासमा अटोरिक्सा चलाऊँदै

गुल्मीको सिर्सेनिका थापालाई राजधानीमा सम्पन्न सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलनका अवसरमा नेपालमा रहेर मानवअधिकारका क्षेत्रमा उत्कृष्ट कार्य गरेकोे भन्दै हिरो अवार्डले सम्मान गरिएको हो । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेशिया, ताइवान, अमेरिका लगायतका देशबाट आएका युवा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकको प्रमुख आतिथ्यमा सम्मपन्न भएको कार्यक्रमा सम्मान ग्रहण गरेपछि थापाले खुशी ब्यक्त गर्दै सम्मानले आफुलाई यस क्षेत्रमा थप सकृय भएर लाग्न हौसला मिलेको बताउनुभएको थियो । गुल्मीको मालिका माविमा स्कुल पढ्दा कक्षमा सदैव अग्रणी स्थानमा रहने थापाले तम्घासको रेसुंगा क्याम्सबाटै स्नातक अध्यन गर्नुभएको हो ।

उच्च शिक्षा अध्यन पछि हाल काठमाण्डौमा बुवा, आमा, तथा श्रिमती रेनुका र छोरा पिनाकाल सहित रहेर अङ्रेजी प्राध्यापन पेशमा सकृय थापाले बिगत केहि बर्षदेखी नेपाल लगयात संसारका बिभिन्न देशमा हुने मानवअधिकारका कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने, युवा तथा बिद्यार्थीको पक्षमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने जस्ता कार्यमा सकृयता जनाउदै आउनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाठकले सम्मानित सबैलाई बधाई दिदैं थप सकृयताका लागि शुभकामना दिनुभयो। पाठकले मानवअधिकारको क्षेत्रमा युवाहरुको थप सकृयता रहेको आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अझ मानवअधिकारको बारेमा शसक्तिकरण गर्नु पर्नेमा जोड दिनुभयो । सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा बिशेष छलफल र कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यो सम्मेलनको आयोजना युथ फर हयुमन राइट्स इन्टरनेसनल र युथ फर हयुमन राइट्स नेपालले गरको हो ।

उद्घानटन सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका सभापति डाक्टर मेरी, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी, युथ फर हयुमन राइट्स नेपालका राहुल केसी र रिसी गौतम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो । अमेरिकामा स्थापना भएको यो युथ फर हयुमन राइट्स इन्टरनेसनलले संसारभर नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार सम्बन्धी शिक्षालाई अभियानको रुपमा फैलाउदै आएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D