gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मी २ मा ५८ हजार मत खस्यो

गुल्मी, मंसिर ०४ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दुई पूर्वसहकर्मीबीच भइरहेको प्रतिस्पर्धामा गुल्मी क्षेत्र नम्बर २ मा ५८ हजार ७५९ मत खसेको छ।

एमालेका गोकर्ण विष्ट र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्री उम्मेदवार बनेको यस क्षेत्रमा ५८ हजार ७५९ मत खसेको हो।

जसअन्तर्गत रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, मुसिकोट नगरपालिकामा १२ हजार ९२६, धुर्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिका १० हजार ९२, मदाने गाउँपालिका ९ हजार ३८३ र इस्मा गाउँपालिका १० हजार १९३ मत खसेको हो।

यस क्षेत्रमा १ लाख ४ हजार ३२७ मतदाता छन्। यसरी हेर्दा यस क्षेत्रमा ५६ प्रतिशत मत खसेको छ।

मुख्य प्रतिस्पर्धी मानिएका गुल्मी–२ का दुई नेता यसअघि एकअर्काका सहयात्री थिए। २०७४ को निर्वाचनमा झाँक्री विष्टको चुनावी सहयात्री बनेकी थिइन्। यस क्षेत्रबाट यसअघि विष्ट नै निर्वाचित भएका थिए।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D