gulminews logo
सोमबार, २०८१ बैशाख २४

गुल्मी २ को लागि झाँक्री सर्वसम्मत सिफारिस

हुमाकान्त पोखरेल
गुल्मी, २५ भदौ । एकीकृत समाजवादी, गुल्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गुल्मी क्षेत्र नम्बर २ को लागि पार्टीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सिफारिस गरेको छ ।

समाजवादीको शनिबार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले सर्वसम्मत झाँक्रीलाई संघीय निर्वाचन क्षेत्रको उम्मेदवारका रुपमा सिफारिस गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राममल्ल ठकुरीले जानकारी दिए । ‘गठबन्धनबाट झाँक्री कमरेडलाई उठाउदा जित्ने सम्भावना छ ।’ ठकुरीले भने, ‘हामीले जित्नेगरी निर्वाचनको तयारी थालेका छौ ।’

बैठकले पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतलाई पुन: जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष नरेश भण्डारी एमालेमै फर्केपछि एकीकृत समाजवादीले महतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D