gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मी सहित ४५ जिल्लामा भोलि गाडी नचल्ने, कुन-कुन हुन ती जिल्ला ?

काठमाडौं, मंसिर २० । नेपाल सरकारले बिहीबार चुनाव हुने गुल्मी सहित ४५ जिल्लामा सार्वजनिक बिदा दिएको छ । भोली मंसिर २१ गते बिहीबार सम्पन्न हुन गइरहेको दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयले भोली चुनाव हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउने र अरु गाडी भने आज मध्यराति १२ बजेदेखि भोलि बेलुकी ७ बजेसम्म चलाउन नपाइने जनाएको छ । मन्त्रालयले सार्वजनिक सूचना निकालेर नै बिहीबार गाडी नचल्ने हुँदा बुधबार राति १२ बजे अगावै गन्तव्यमा पुग्ने गरी यात्रा थाल्न आग्रह समेत गरेको छ ।

निर्वाचन आयोगले बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ । बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिन्छ ।आयोगले चुनावको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ । यसका साथै गृह मन्त्रालयले पनि आज दिउँसो नै पत्रकार सम्मेलन गरेर सुरक्षाको बारेमा जानकारी गराउँदैछ ।

मंसिर २१ गते यी ४५ जिल्लामा निर्वाचन हुँदैछः

प्रदेश नं १ – इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,

प्रदेश नं २- सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,

प्रदेश नं ३ – सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,

प्रदेश नं ४ -नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,

प्रदेश नं ५ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,

प्रदेश नं ६ – सल्यान, सुर्खेत र दैलेख,

प्रदेश नं. ७ – कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D