गुल्मी सहित तीन जिल्लाका प्रधानाध्यापकहरुका लागि १० दिने तालिम पाल्पामा

कौरब खत्री
गुल्मी, माघ २४ । शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीको आयोजनामा आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम आज देखि पाल्पा शुरु भएको छ ।

तालिमको उद्घाटनमा बोल्दै शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले तालिमका बारेमा प्रकाश पार्दै प्रधानाध्यापकहरुको तालिम र फलदायी र निकै प्रभावकारी रहेको बताए ।

साथै तालिम प्रमुख केसीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गदै एउटा विद्यालयको सुधार गर्नका लागि विद्यालयको प्रधानाध्यापकको नेतृत्व र योजना राम्रो भएमा विद्यालयमा दुई तिहाई सुधार हुने बताए ।

गुल्मी,अर्घाखाँची र पाल्पा गरि तीन जिल्लाभित्रका विद्यालयहरुका प्रधानाध्यापक एवं प्रतीनिधिहरुको सहभागिता रहेको छ । तालिम १० दिन अर्थात आँउदो फागुन ४ गतेसम्म सञ्चालन हुने तालिम शाखा पाल्पाका प्रमुख नारायण पोखरेलले जानकारी दिए ।

गुल्मी,अर्घाखाँची र पाल्पा गरि तीन जिल्लाका विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन अन्तर्गत शिक्षा सम्वन्धि व्यवस्था,विद्यालय क्षेत्र विकास योजना दिगो विकासका लक्ष्यमा शिक्षा र विद्यालयको भूमिका लगायतका विषयमा शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले तालिमको सहजीकरण गरेका थिए ।

तालिमको सञ्चालन भने तालिम शाखा पाल्पाका संयोजक नारायण प्रसाद पोखरेलले गरेका थिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D