gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी सदरमुकाममै सुन र नगद चोरी: ९ तोला सुन र ५० हजार नगद चोरी

हुमाकान्त पोखरेल
गुल्मी, ०६ जेठ । गुल्मीको सदरमुकाम तम्घासमा सुन र नगद चोरी भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १ स्थित चेतकला कुँवरको घरबाट नौ तोला सुन र ५० हजार नगद चोरी भएको हो ।

वैशाख २८ गते राति भएको चोरी २९ गते बिहान मात्रै थाहा भएको थियो । घरको चारतला माथि गएर कोठा तोडेर चोरले सुनका गरगहना र नगद लगेको परिवारले जनाएको छ । निर्वाचन भएकोले घर भाडामा बस्ने अन्य तीन जना पनि घर गएका थिए ।

घरमा कोही नभएको मौका पारेर चोरी भएको हो । चोरी भएको उजुरी मुजुल्कासहित प्रहरीमा दिएपनि अहिलेसम्म चोर फेला परेका छैनन् । एक सातासम्म पनि चोर पत्ता नलगाएको भन्दै परिवारले असन्तुष्ट जनाएका छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी माधव खरेलले घटनाबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिए ।

‘अनुसन्धान भन्ने कुरा यत्ति प्रतिशत नै भयो भन्ने हुँदैन ।’ उनले भने, ‘उक्त चोरीको बिषय अलि गम्भिर भएकोले समय लागेको हो ।’

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D